मंगलबार , असार २१, २०७९

चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन् (भिडियो)

असार १०, २०७९ शुक्रबार 14

चितवनमा एक नेपाली छोरी बिक्रि भएको खुल्न आएको छ । ‘चितवनको देवघाटमा बस्ने एक महिलाले आफ्नी सात बर्षकी छोरी पैसामा बिक्रि गरेको खुल्न आएको हो ।,

‘उनले बिक्रि गरेकी छोरीलाई अहिले भारतको सीमा कटाएको पुष्टि भएको छ । पोखराकी सामाजिक अभियान्ता गिविना मगरले यो कुराको खुलासा टिकटकबाट गरिरहनुभएको छ ।

‘भारत लगेर बेच्ने महिला र आमाको भिडियो ठेगानासहित प्रहरीसँग साहारा माग्दा समेत प्रहरीले समेत कुरा नसुनेको उहाँको गुनासो छ । उहाँले हिँजोदेखि टिकटकमा लगातार लाईभमा यो कुराको खुलासा गरिरहनुभएको छ ।

तर प्रहरीले अहिलेसम्म कुनै एक्शन लिएको छैन ।,‘गिविना मगर सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । उहाँले अधिकांशलाई साथ र सहयोग दिइरहनुभएको छ । उहाँले देवघाटमा मागेर बस्ने एक महिलाले आफ्नै छोरी बेचेको थाहा पाएपछि उहाँ देवघाट सम्म पुग्नुभएको थियो ।,

‘उक्त महिलाको वास्तविक नाम नभएपनि काली आमा भनेर चिनिने उहाँले बताउनुभएको छ । यतिमात्र हैन, उक्त बालिकालाई मेरी छोरी हो, हामी भारत घुम्न गएको भन्दै अर्की एक महिला र अर्को व्यक्तिले नेपालसँगको भारतीय सीमा कटाएको खुल्न आएको छ ।,

‘उहाँले छोरी बेच्न आमा र साथ दिने अरु सहयोगीको समेत भिडियो सार्वजनिक गर्नुभएको छ । तर अहिलेपनि प्रहरी र प्रशासनले उक्त महिलाहरुलाई खोजी गरेको छैन ।,

‘बालिका उद्धारका लागि गतिलो प्रयास भएको देखिदैन । गिविना मगरले बालिकालाई भारत कटाएको आज ६ दिन भएको उल्लेख गर्नुभएको छ ।

उहाँले बालिकालाई कसैले आफ्नो किड्नी (मिर्गौला) फेर्ने शिकार बनाउँन पो लगेको हो की वा हर्मोन परिवर्तन गराउने सुई लगाएर वेश्याबृत्तिमा लगाउन लगेको पो हो की भनेर शंका व्यक्त गर्नुभएको छ ।,

‘उहाँले आफूलाई यशुको भक्त भन्ने व्यक्तिहरुले भारत लगेर पाल्ने भन्दै रकम दिएर लगेको खुल्न आएको छ ।,

‘उहाँले बारम्बार सहयोगको माग गरिरहनुभएको छ । यी हुन् छोरी बेच्ने आमा, यो तस्वीरमा हेर्नुहोस् र उहाँलाई केरकार गरेर प्रशासनले उद्धारका लागि कदम जतिसक्दो छिटो चालोस् ।,

‘बालिकालाई भारत कटाउँन मेरो बच्चा हो हामी भारत घुम्न गएको हो भन्दै भारतको सीमा कटाउँने महिला यी हुन् । चिनेर उनीहरुसँग केरकार गरेर जतिसक्दो छिटो बालिका फर्काउन प्रशासन र सामाजिक संस्थाहरुले पहल गरुन् ।,

‘यो जानकारी सक्दो सेयर गर्नुहोला । गिविना मगरले बारम्बार आग्रह गरिरहनुभएको छ । साथै उहाँले ६ दिनसम्म प्रहरीले कुनै चासो नदिएका कारण प्रहरी समेत मिलोमतोमा हो की भन्ने आशंका गर्नुभएको छ । उहाँले दवावका लागि सक्दो सेयरको माग गर्नुभएको छ ।,

‘उक्त आमासँग कयौँले आफूलाई छोरी पाल्नदिन माग्दा समेत नदिएको तर भारतीयलाई दिएको भएकाले रकमको प्रलोभनमा नै परेको दावी गर्नुभएको छ । कयौँ कोख खाली भएका आमा बाबुहरु यो भिडियो हेरेर रोइरहेका छन्

प्रतिकृया दिनुहोस्