मंगलबार , असार २१, २०७९

काठमाडौं कलंकीस्थित दुईजना प’क्राउ ! जारको पानी किन्दापनी डरा’उनुपर्ने भयो

असार १०, २०७९ शुक्रबार 16

काठमाडौं,– राजधानी लगायत देशभर पिउने पानीको अभा’वको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वा’स्थकर खानेपानी बिक्री वितरण गदै आएको पाईएको छ ।

विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्क’ली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्नै आएको भन्दै कारबाहीका लागि उ’जुरी समेत परेसंगै अ’बैधधन्दा बाहिर आएको छ ।

अन्य कम्पनीको ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने डिआइ गाडीसहित २ जना व्यक्तिहरू पक्रा’उ परेका छन् । काठमाडौं महानगरपालीका वडा नं १४ कलंकीस्थित सडक खण्डबाट अन्य कम्पनीको ब्रान्ड प्रयोग गरिएका पानीको जारहरू सहित प्रहरुले नियन्त्रणमा लिएको हो ।

खुल्लमखुल्ला अरु कम्पनीको ब्रान्ड प्रयोग बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, कालीमाटीबाट परिचालित प्रहरी टोलीले स्पार्कलंग स्प्रिङ्क्लर नामबाट बेचबिखन भई रहेका पानीको जार र डिआइ गाडीहरुसहित

सर्लाहीको लालबन्दी ५ घर भई हाल कलङ्की बस्ने वर्ष २५ को आशिष कार्की र चितवन रत्ननगर १३ घर भई हाल १३ कालिमाटी बस्दै आएका वर्ष २६ को किरण श्रेष्ठ लाई प्रका’उ गरीएको हो ।

प्रहरीले डिआइ गाडी बा ११ च.६०४५ डिआइ गाडी बा ६ च २८०४ रस्पार्कलंग स्प्रिङ्क्लर पानीको जार १९७ थान प्काउ गरीएको प्रहरीले जनाएको छ । सो कम्पनीले अहिलेसम्म विल विजक समेत नकाटी लाखौ रुपैयाँ राजश्व समेत छली गर्दै आएको पाइएको छ ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण गरेको छ भने प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरुले अनिवार्य पालना गर्नु पर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने व्यवस्था गरेको छ भने दफा १९ मा वस्तु वा सेवाको मुल्य निर्धारण सम्बन्धी व्यवस्था गरेको छ ।

तर सो ऐनलाई समेत लत्याउदै लामो समयदेखि अरुकै कम्पनीको स्टिकर बनाएर टाँसी बिक्री वितरण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्