सोमबार , असार २०, २०७९

पहिरोले बगाउँदा सासु–बुहारी बे पत्ता,श्रीमान् भागेर ज्यान जोगाए

असार ५, २०७९ आइतबार 22

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता,श्रीमान् भागेर ज्यान जोगाए

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।

तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ

भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।
ओयस नेपाल डट्कम

यस्तै,काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई अन्तिराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट साम्पाङ पुरस्कृत हुन लागेका हुन् ।

एनएनजे इन्टरटेन्मेन्ट अमेरिकाले साम्पाङलाई पुरस्कृत गर्न लागेको हो । जनताको पक्षमा आवाज बुलन्द पार्दै आएका उनी दोश्रो प्रयासमा धरानको मेयरमा निर्वाचित भएका हुन् ।त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पुरस्कृत हुने भएका छन् ।

शाहलाई स्वर्गीय अनिल अधिकारी (यमबुद्ध) को नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार प्रदान गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्