मंगलबार , असार २१, २०७९

करिडोर खोलाको छेउमा आज ८ जना पुरुष र एक बालिका सहित ९ जना मृ’त अवस्थामा फेला

असार ५, २०७९ आइतबार 13

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ मनोहरा करिडोर खोलाको छेउमा सिन्धुपाल्चोक बाह्रविशे नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सनराईज चोक बस्ने ६० वर्षीय गोबिन्द बहादुर थापा बुधबार मृ’त अवस्थामा फेला परेका छन्

कैलाली, बर्दगोरिया गाउँपालिका–२ कुम्वियास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृ’त अवस्थामा फेला परेका छन् यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी सिरहा नरहा गाउँपालिका–३ खोरिया बस्ने अखबर देवकी छोरी १० वर्षीया गुडिया खातुन मृ’त फेला परेकी छिन् ।उनी सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर दिउँसो मृ’त्यु फेला परेकी हुन्

पोखरीमा नुहाउने क्रममा डुबेर अश’क्त भएकी उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृ’त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौं, तारकेश्‍वर नगरपालिका–११ नेपालटार हिलेटोल बस्ने मोरङ घर भएका २७ वर्षीय असन पुरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस्तै तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकीनाग टोलस्थित टहरोमा हाल नाम, थर,

वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मृ’त अवस्थामा फेला परेका छन् ।झापा, अर्जुन्धारा नगरपालिका–७ मिलडाँडा बस्ने ९० वर्षीय हरि बहादुर बस्नेत आफ्नै ओछ्यानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

आवश्यक सोधपुक्षका लागि उनकै छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवन, राप्ती नगरपालिका–८ भवानीपुरस्थित आफ्नै घरमा ७६ वर्षीय चक्र बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।नवलपरासी (पूर्व), बुलिङ्टार गाउँपालिका–६ घुमौरी घाटस्थित कालिगण्डकी नदीको किनारमा

हाल नाम, थर, वतन, नखुलेका व्यक्ति बिहीबार मृत अवस्थामा फेला परेका छन् ।रुपन्देही, देवदह नगरपालिका–१० बड्डाँडास्थित रोहिणी नदीमा सोही ठाउँ बस्ने गुल्मी मुसिकोट नगरपालिका–२ घर भएका ५८ वर्षीय मित्र बहादुर माझी बिहीबार बिहान मृ’त अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान भैंसी चराउन गएकोमा नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीमा डुबेर मृ’त्यु भएको अवस्थामा उनको श’व फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्