मंगलबार , असार २१, २०७९

जब प्रेम विवाह गरेका श्रीमानले लगाए करे’न्ट..

असार ५, २०७९ आइतबार 14

३ असार, जनकपुरधाम । उनी बोल्नै सक्दिनन् । केहि बोल्न खोजे पनि उनको आँखाबाट आँशु बग्न थाल्छ ।

पछिल्लो दुई सातादेखि अस्पतालको बेडमा रहेकी सिन्धुलीको गोलञ्जर गाउँपालिका २ की राधिका कार्कीको अवस्था हो यो ।उनी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना छिन् ।

उनको शरीरका विभिन्न भाग करे’न्टले जलेको छ । ८ महिनाअघि विवाह गरेका श्रीमान्ले हात, गोडा, पेटसहितका ठाउँमा क’रेन्ट लगाएको उनले बताएकी छिन् ।

सिकि’स्त भएकी उनलाई अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि मात्रै उनको होस खुलेको छ । थोरै कुरा गर्न सक्ने अवस्थामा आएकी छिन् उनी । यद्यपी कुरा गर्ने क्रममा उनी भक्का’निन्छिन् । र, उनको आँखाबाट आँशु बग्छ ।

त्यसपछि उनी अगाडि बोल्नै सक्दिनन् ।अस्पतालमा दुई सातादेखि भर्ना रहेकी उनको हेरचा गर्ने परिवारजन या कुनै आफन्त छैनन् । अस्पतालका नर्स र प्रहरीले नै उनको हेरविचार गर्दै आएका छन् । खाना दिनेदेखि औषधि खुवाउनेसम्मको काम उनीहरुले नै गर्दै आएका छन् ।

कसरी भयो घ’टना ?
एक वर्षअघि २२ वर्षीया राधिकाको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर निवासी २८ वर्षीय अरुण साहसँग विवाह भएको थियो । दुबैले एकअर्कालाई मन पराउन थाले । यसपछि दुबैले विवाह नै गरे ।विवाहपछि अरुणले राधिकालाई जनकपुरधाम ल्याए ।

थापा चोकमा कोठा भाडामा लिएर दुबै बस्न थाले । यस क्रममा राधिका जानकी मेडिकल कलेजमा काम गर्न थालेकी थिइन् ।१६ जेठमा उनले लैजान अरुणलाई आग्रह गरिन् । तर यो आग्रह विवा’दमा परिणत भयो । ‘घर लैजाउ भन्नेवित्तिकै रि’समा आएर मेरो शरीरमा बिजुलीको नाङो तारले क’रेन्ट लगाए’ उनी भन्छिन्,

‘करे’न्ट लगाउँदा बेहोस भएँ । अस्पतालसम्म कसरी आएँ मलाई पनि थाहा छैन् ।’क’रेन्ट लागेको जानकारी पाएपछि प्रहरीले नै उनलाई अस्पतालमा भर्ना गराएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्री बताउँछन् ।

क’रेन्ट लगाएर अरुण फ’रार भएको भन्दै प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । ‘राधिकाका एक जना भाइ यहाँ आएका छन् । तर, लि’खित जाहेरी हालसम्म कसैले दिएका छैनन्’ क्षेत्रीले भने, ‘हामीले आफ्नोस्तरबाट अन्य अनुसन्धान गरिरहेका छौं ।’

प्रतिकृया दिनुहोस्