जेठ २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको श’व आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको ह’त्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घट’नाका मुख्य अभियुक्त भोजबहादुर खडायत पक्रा’उ परेका छन् । उनी नातामा मृ’तकका देवर हुन् । नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट पक्रा’उ गरिएको हो ।
अनुसन्धानमा क्रममा अन्य दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । तर, घट’नामा उनीहरूको संलग्नता थियो वा थिएन खुलेको छैन ।
छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
२५ गते बिहान अनिभा खडायतको श’व ‘गाज्यो’मा घरबाट ५० मिटरको दुरीमा जलेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनी एकल महिला हुन् । उनकी १३ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । उनका श्रीमानको केही वर्ष अगाडि मृ’त्यु भएको थियो ।
भोजराजसँगै तीनजनाले सँगै खाएका थिए मदि’रा
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २४ गते राति भोजराज, वीरेन्द्र र तुलाले सँगै मदि’रा सेव’न गरेको खुलेको छ । तर, घट’नामा तीनै जना संलग्न हुन् वा भोजराज मात्रै अनुसन्धान जारी छ ।
म’दिरा सेव’न गरेपछि भोजराज अनिभाको घरतर्फ गएका थिए । रातको २ बजे आसपासको समयमा भोजराज त्यहाँ पुगेर भाउजु… भनेर बोलाएको स्थानीय बताउँछन् ।
अनिभा घरको ढोका खुलै राखेर छोराछोरीसँग सुतेको बताइएको छ । तर, बोलाउँदा उनी आइन् वा ज’वरजस्ती लगियो प्रहरी अनुसन्धानमा खुल्न बाँकी छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “बिहान ५ बजे आसपासको समयमा मृ’तककी छोरीको भोजराजसँग आफ्नो घरनजिकै जम्काभेट भएको देखिन्छ । त्यसपछि आ’गोमा जलेको श’व पनि भेटियो । त्यसपछि भोजराज फरार थिए ।”
छोरीकै किटानीका आधारमा भोजराज प’क्राउ परेका छन् । प्रहरीका अनुसार भोजराजको साथबाट अनिभाको गहना भेटिएको छ । यसले घट’नामा उनको संलग्नता पुष्टि गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
घट’नाको कारण खोज्दै प्रहरी
प्रहरीले घट’नाको कारण खोजिरहेको छ । विभत्स ह’त्या पछाडिका कारण विभिन्न हुनसक्ने प्रहरी प्रारम्भिक अनुमान छ । आफ्नो केही कम’जोरी वा पोल खुल्नसक्ने ड’रले भोजराले हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ ।
पो’ष्टमार्टम रिपोर्ट प्रहरीले कुरिरहेको छ । भोजराजविरुद्ध प्रहरीले जवरजस्ती कर’णी, ज्यान सम्बन्धी कसुर र डाँ’का चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
दार्चुला प्रहरी प्रवक्ता कार्कीले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने बताए । उनले भने, “प्रहरी अनुसन्धान जारी छ । ह’त्याको कारण खुलेको छैन । हामी सक्रिय रुपमा कारण खोज्न जुटेका छौं ।”
मृ’तककी छोरी र छोरा आफन्तको संरक्षणमा छन् । बाह्रखरी
प्रतिकृया दिनुहोस्