सोमबार , असार २०, २०७९

फट्के तर्दा पुलबाट सेती नदीमा खसेर गर्भवती महिलाको मृ,त्यु

असार ३, २०७९ शुक्रबार 14

डोटी। डोटीमा पुलबाट खसेर एक जना महिलाको मृ,त्यु भएको छ। डोटीको आदर्श गाँउपालीका वडा न ६ की १८ बर्षिया ढुल्लु अधिकरीको काठको पुलबाट खसेर मृ’त्यु भएको छ ।

बिहिबार बिहान आदर्श ६ गिरिचौकाको बबिना देखि सिगास गाउँपालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृ’त्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिए । पुलबाट सेतीमा खसेकी उनको श’ब पुल नजिकै फेला परेको छ ।

गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श –६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृ’त्यु भएको हो ।

दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसंग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलुङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।

नदीमा खसेकी उनको श’व फट्के नजिकै फे’ला परेको थापाले बताए । स्थानीयबासिन्दाका अनुसार गत मंसिरमा विवाह गरेकी उनी गर्भव’ति थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।

पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि यहाँबाट खसेर एक जना ग’म्भीर घाइ’ते भएका थिए ।

प्रतिकृया दिनुहोस्