मंगलबार , असार २१, २०७९

सुर्खेतमा चार दिनदेखि बेप’त्ता बालिकाको श’व फेला

जेठ २६, २०७९ बिहिबार 36

सुर्खेत / चार दिनदेखि हराइएकी एक बालिकाको श’व फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको श’व मकै बारीमा फेला परेको हो ।

नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी

कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको श’व विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फे’ला परेको हो ।

आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।

घट’नाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घट’नास्थल पुगेको छ । बालिकाको मृ’त्युको कारण नखुलेपनि घ’टनामा संलग्न भएको आशं’का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घट’नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।-पुर्वेलीन्युजबाट।

प्रतिकृया दिनुहोस्