मंगलबार , असार २१, २०७९

नाबालिगले पब्जीका लागि गरे आमाको ह’त्या, ३ दिन शवसँगै बसे अनि गरे पितालाई भिडियो कल

जेठ २५, २०७९ बुधबार 33

पब्जी खेल्न नपाएपछि आक्रो’शित १६ वर्षीय छोराले आफ्नै आमाको गो’ली हानी ह’त्या गरेका छन् । त्यसपछि आमाको श”वसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि ध’म्की दिए र घरबाट बाहिर निस्कन दिएनन् ।

श’व कुहिएपछि दु’र्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको ह’त्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले श’वलाई घर बाहिर निकाले ।

नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ ।

यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको ह’त्या गरेको बताए । उनले बुवालाई श’व पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर घर पठाए ।

प्रहरीको दावी – मोबाइलमा गेम खेल्न रोक्दा, ह’त्या

एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् । त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए ।

राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको ह’त्या गरिदिए । त्यसपछि बहिनीलाई ध’म्की दिएर सोही कोठामा थुनिदिए ।

दाजुको डरले आमाको श’वसँगै सुतिन् छोरीः

मंगलबार राति प्रहरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आइरहेको थियो । नाकमा रुमाल बाँधेर प्रहरी भित्र पसेपछि साधनाको कुहिएको श’व ओछ्यानमा पल्टिएको थियो ।

श’व यति कु’हिएको थियो कि अनुहार चिन्न गाह्रो भएको थियो । साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन् । प्रहरीले छोराले बहिनीकै अगाडि आमाको गो’ली हानी ह’त्या गरेको बताएको छ । जसका कारण उनी यति त्रसित भइन् कि दाइको आदेशमा आमाको श’वसँगै सुतिरहिन् ।

श’वको छेउमा पेस्तोल थियो, म्यागजिन पूरै खाली थियो
प्रहरीले साधनाको श’व नजिकै नवीनको लाइसेन्स पेस्तो’ल फेला पारेको छ । पेस्तोलको म्यागजिन पूरै खाली थियो । यसबाट थाहा हुन्छ कि छोराले म्यागजिनका सबै गो’ली आमामाथि दागेका थिए ।

तर, श’व कुहिएकाले शरीरमा गो’लीका निशानहरू देखिएनन् । प्रहरीले छोरालाई धेरै सोधपुछ गरे तर कति गो’ली चलाएको हो भनेर उनले भन्न सकेनन् । यसका लागि प्रहरीले पोष्टमार्टम रिपोर्ट पर्खिरहेको छ ।
दैनिक भास्करबाट

प्रतिकृया दिनुहोस्