किशोरीको मृ’त्युपछि बर्दियाको मधुवन क्षेत्र तना’वग्रस्त बनेको हो ।स्थानीयले टा’यर बालेर गुलरिया–राजापुर सडक अव’रुद्ध गरेका छन् । बाघको आ’क्रमणबाट बचाउन सुरक्षाको माग गर्दै स्थानीयले प्रदर्शन गरेपछि हिजो (सोमबार) साँझ प्रहरीले गो’ली चलाएको थियो ।
प्रहरीमाथि आक्र’मण हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । बाघलाई नियन्त्रणमा लिन माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप भएको जानकारी दिइएको छ ।
सडक खुलाउन लाग्दा भएको झडपमा गो’ली लागेर घाइ’ते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृ’त्यु भएको हो ।
काखीमुनि गो’ली लागेका राकेश चौधरीको उपचार हुँदैछ । एसपी वीरबहादुर शाहीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरीतर्फ पनि ९ जना घा’इते छन् ।
बर्दियाका वन्यजन्तुपीडितले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।
साँझ ६ बजे ओराली बजारमा झड’प भएको हो । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन्
प्रतिकृया दिनुहोस्