सोमबार , असार २०, २०७९

देशका विभिन्न 9 ठाउँमा इन्टरनेट सेवा बन्द हुनसक्ने इन्टरनेट संस्थाको सुचना बिज्ञप्ति

जेठ २४, २०७९ मंगलबार 32

इन्टरनेट सेवा प्रदायक संघले विराटनगर लगायत नौ स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गरी संघले सो कुराको जानकारी दिएको हो ।

इन्टरनेट सेवा प्रदायक संघले विराटनगर लगायत नौ स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गरी संघले सो कुराको जानकारी दिएको हो ।

संघले नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानुनी

ढंगबाट इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पिओपी र दुरसञ्चार उपकरण चलिरहेका ठाउँमा विद्युत लाइन काट्ने कार्य गरेकोले उक्त समस्या आएको जनाएको छ ।

प्राधिकरणले लाइट काटेका स्थानहरुमा व्याकअप सिस्टमको प्रयोगबाट इन्टरनेट चलाउँदै आएको बताउँदै संघले ब्याकअपले धान्न छाडेमा ती स्थानमा कुनै पनि बेलामा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको छ ।

संघले प्राधिकरणका कारण यो अवस्था आएकोमा ग्राहक वर्गसँग दुःख समेत व्यक्त गरेको छ ।
रातोपाटीबाट

प्रतिकृया दिनुहोस्