बुधबार , असार २२, २०७९

प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपा’ट

जेठ २३, २०७९ सोमबार 33

काठमाडौं । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपा’ट गरेको भेटिएको छ ।

घट’नामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्रा’उ परेका छन् । यस्तै थप दुईजना प्रहरी अधिकारी फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार लु’टपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ प’क्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो । तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपा’टमा परेका थिए ।

अनुसन्धानका क्रममा लुटपा’ट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो । पक्राउ परेका दुवै जनाविरु’द्ध मुलुकी अपरा’ध (संहिता) को डाँ’का चोरी सम्बन्धी कसूरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।

गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपा’ट गरेको भेटिएको छ

प्रतिकृया दिनुहोस्