बुधबार , असार २२, २०७९

बुवाले आमाको ह’त्या गरेपछि दिपकको बि’चल्ली

जेठ २२, २०७९ आइतबार 156

म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको सारेमारेका १० वर्षीय दिपक सार्कीको विच’ल्ली भएको छ। बुवा बिरबहादुरले आमालाई कु’टपिट गरी ह’त्या गरेपछि दिपकले पेटभरी खान पाएका छैनन्। 

च्यातिएको पुरानो लुगा, आफन्तकोमा मागेर गुजारा चलाइरहेका दिपकले उचित हेरचाह र पढ्ने वातावरणको अभा’वले नियमित विद्यालय समेत जादैनन्। दिपकको खाने र बस्नेको ठेगान छैन।

वि.स २०७७ भदौ १३ गते मध्यरातमा म’दिरामा लठ्ठ बिरबहादुरले घरमा सुतिरहेकी ३६ वर्षीया आमा माया बोहोरालाई मरणासन्न हुनेगरी कु’टेर घर नजिकै खाल्टोमा गा’डेको

अवस्थामा प्रहरीले फेला पारेपछि बेसहारा बनेका दिपकको नियमित विद्यालयमा जाने,राम्रो पढ्ने चाहनालाई आर्थिक अभा’व बाधक बनेको छ।

रत्नेचौरको भानु माविमा कक्षा ४ मा अध्ययनरत दिपकलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए।

पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगी कै अभा’व छ,उनी बस्ने आफन्तको आर्थिक अवस्था पनि निकै ना’जुक छ,’ प्रअ खत्रीले भने। विद्यालयमा प्रवेश गरेको केही दिन पछि प्रअ खत्रीले घरको अवस्था बुझ्दा दिपक भावु’क भएका थिए।

‘आमाको मृ’त्यु भयो, बुवा जेलमा हुनुहुन्छ’ दिपकको भनाई उद्धित गदैं प्रअ खत्रीले भने। उनले बुवाले आमालाई कुटपि’ट गरेको घ’टना बेलाबेला सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् गरेको बताए। दिपक विद्यालयका अनुशासित विद्यार्थी समेत हुन्।  

विद्यार्थीको अवस्थाका बारेमा जानकारी गराएपछि रत्नेचौरका विष्णु कार्कीले शैक्षिक पोशाकका लागि ३ हजार सहयोग गरेका छन्। अभिभावकवि’हीन भएका दिपककोे उचित लालनपालन र शैक्षिक गतिविधिलाई निरन्तरता दिने गरी सहयोग अभियान समेत सुरू गरिएको छ। 

सानै उमेरमा अभिभावक गु’माएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेपनि जिल्लाका स्थानीय तहले सहयोगका लागि आवश्यक कोष व्यवस्थापन र सक्रियता देखाउनेतर्फ चासो दिएका छैनन्।
नागरिकबाट

प्रतिकृया दिनुहोस्