जेठ २२, २०७९ आइतबार 578
काठमाडौँ – परासी-भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घ’टना भएको हो ।आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घ’टनामा बसमा सवार ३२ जना यात्रु घा’इते भएका थिए ।
घा’इतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गरे ।
मृ’तकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घ’टनामा घाइ’तेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ
योहो खबरबाट
प्रतिकृया दिनुहोस्