अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर मृ’त भेटिएका छन् । घर नजिकैको जंगलको भिरमा मृ’त भेटिएका १० कक्षामा अध्ययनरत विनोद शाहीको ह’त्या भएको आशंका गरिएको छ ।
तर, स्थानीयले प्रहरीलाई घट’नास्थलमा जान दिएका छैनन् ।
अनुसन्धान गर्न घ’टनास्थलमा जान रोक लगाएर स्थानीयले इलाका प्रहरी कार्यालय विनायकमा तोडफो’ड गरेका छन् ।
आक्रो’शित भिडले इलाका प्रहरी कार्यालयमा तो’डफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड गोली चलाइएको अछामका डिएसपी रविराज थपलियाले रातोपाटीलाई बताए ।
जेठ १७ मा ३ वटा मोटरसाइकलमा आएका ९ जनाले पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा दुईजनालाई मरणासन्न हुनेगरी कु’टेका थिए । कु’टपिटमा संलग्न मध्ये दुईजनालाई प्रहरीले प’क्राउ गरेको थियो ।
सो घट’नाका आरो’पीलाई पक्रा’उ गर्दा प्रहरीले महिलालाई अपमा’नजनक व्यवहार गरेको आरो’प लगाएर स्थानीयले वि’रोध गरिरहेका छन् ।
रातोपाटीबाट
प्रतिकृया दिनुहोस्