मंगलबार , असार २१, २०७९

मृ’त्यु अघि भएको आमा-छोराको अन्तिम संवाद ‘आमा म गएँ है पुगेर फोन गर्छु

जेठ २१, २०७९ शनिबार 188

काठमाडौं बाँसबारीस्थित घरमा सिनियर क्याप्टेन बसन्त लामाकी आमा ८६ वर्षीया विष्णु कुमारीलाई छोराले अब ‘आमा म गएँ है पुगेर फोन गर्छु’ भन्ने छैनन्। अब कहिल्यै घरको गेटमा गाडीको हर्न बज्ने छैन।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घ’टनामा दिवंगत हुनेमा विष्णुका छोरा सिनियर क्याप्टेन पनि हुन्। .गत बुधबार बिहान घरबाट निस्केको छोराको ५ दिन बितिसक्दा पनि फोन नआउँदा बूढी आमाको मनमा कताकता मनमा चिसो पसेको थियो। छोरा घरबाट निस्केको दिनको हरेक याद सम्हालेर राखेकी उनले भनिन्,

‘बाबु जाने दिन बिहान १२ बजे बाबुलाई लिन गाडी आयो। उसलाई हतार–हतार उठाए। मेरो बाबुको निन्द्रा साह्रै प्यारो थियो। उठाएन भने जति पनि सुत्ने। उठेर खाना खायो अनि तयारी भएर हिडँ्ने बेलामा भन्यो,

‘आमा म गए है यो पालि काम धेरै छ अलिकति ढिला आउँछु ४÷५ दिन लाग्छ आइतबार आउँछु,’ भन्यो।आइतबार छोरा आउने बाटो घरको मूल गेटतिर हेरेर बसेकी आमालाई पत्याउनै नसक्ने समाचार सुन्नुप¥यो।

जीवनको एउटै साहरा मुटुभन्दा प्यारो छोरा यो संसारमा अब रहेन। मैले बाबु कतिबेला आउँछ भनेर आँखा घरको गेटतिरै हेरेर बसेँ। मेरो छोरालाई भगवान्ले झुक्याएर लगिसकेको रै’छ,’

उनी छोराको फोटो छातीमा टाँसेर राख्दै आँखाभरि आँसु लिँदै भन्छिन्, ‘नानी श्रीमान्की ३ वटी श्रीमतीमध्येकी म जेठी श्रीमती हुँ श्रीमान्ले मलाई धेरै पहिला छोड्नुभएको हो। मलाई स्वर्गमा राखेर पालेको मेरो छोरोले पनि मलाई छोडेर गयो।’

‘अहिलेका पाइलट जीपीएसमै भर पर्छन्। जीपीएस छ भन्दैमा बादलमा छिर्नु हुँदैन।’ जुम्ला, सिमिकोट, जोमसोम, लुक्ला, हुम्ला, ताप्लेजुङलगायतका ठाउँमा बर्खाका ५ महिना फ्लाइट पूरै बन्दै गर्न जरुरी छ। बसन्तका बुवा क्याप्टेन डीके लामा पनि नेपाल वायुुसेवा निगममा अपरेसन डाइरेक्टर थिए।

उनले निगममा ४० वर्ष काम गरे। हाल उनी ८६ वर्षका भए। उनका ५ छोरा र ३ छोरीमध्येका माइला छोरा बसन्त हुन्। उनी भन्छन्, ‘मैले छोरालाई बारम्बार बाबु तिमीहरू यो जोखि’म काम नगर अरू नै काम गर भनेको थिएँ। छोराको इच्छा भने पाइलट हुने नै रहेछ। मैले छोराको इच्छालाई रोक्न सकिनँ,’ उनले भने।

डीके सुनाउँछन्, ‘म रिटार्यड हुने महिनामा २५ हजर तलब पाएको थिएँ। अहिले पनि त्यो पैसा जस्ताको त्यस्तै छ। म आपूm पैसा तिरेर छोरालाई पाइलट पढाउन सक्ने थिइनँ। मैले अमेरिका भने पठाएँ। तर, उता पुुगेपछि उसले आफैं कमाएर पढेको हो।’ लामाले नेपाल फर्केपछि नै ट्वीनअटर विमान उडाएका हुन्। करिब २० वर्ष उनले ट्वीनअटर विमानमार्र्पmत माउन्टेन फ्लाइट गराउँदै आएको उनका बुवा क्याप्टन डीकेले बताए।

‘काठमाडौं आउनुपर्ने छोरा उसकै साथी पूर्वक्याप्टेन ट्रिपुल गुरुङ जसको घर लोमान्थाङ थियो, उनले ‘तिमी आउ त्यहाँ होटल उद्घाटन गरेर नाचगान कार्यक्रम पनि छ’ भनेको रहेछ। मेरो छोराले साथीलाई हार्न नसकेर गएको रै’छ। कालले लगि गो मेरो नाति पनि टुहुरो भयो।’

क्याप्टेन बसन्तका एक छोरा छन्। तिनै छोरालाई पढाउन उनकी श्रीमती पनि लन्डनमै छन् उनी आज नेपाल आउँदैछिन्। घर अगाडि रहेको बीएमडब्लू गाडीतिर देखाउँदै डीके भन्छन्, ‘एकदमै सौखिन हो मेरो छोरा बीएमडब्लु कार किनेको भर्खर हो।

रहर पुग्ने गरी चलाउन पनि पाएन। विदेशमा भएका भान्जाभान्जीलाई माउन्टेन फ्लाइट गराउने रहर गरेको थियो त्यो पनि पूरा गर्न पाएन।’ लामो समय आपैंm विमान उडाएका लामा नेपालमा भौगोलिक कारण दुर्घ’टना बढी हुने कुरालाई नर्कान नसकिने बताए।

उनले भने, ‘यो ट्वीनअटर जहाज भीएफआर उड्ने जहाज हो। आँखाले उड्ने जहाज हो। यो जहाज १० हजार फिटभन्दा माथि उड्ने जहाज हो। १० हजार फिटभन्दा माथि आधा घण्टाभन्दा बढी बस्न सक्दैन। हाम्रो पहाडी भू–भाग चिसो छ। जहाजमा हिटिङ सिस्टम छैन। चिसोले फ्रिज भएर बिचमै दुर्घ’टना हुने कारण अर्को
त्यो पनि हो।’

प्रतिकृया दिनुहोस्