मंगलबार , असार २१, २०७९

ब्रेकअपपछि पूर्वप्रेमिकाको अपह’रण, अनुहारमा बनाइदिए आफ्नो नामको ट्याटु

जेठ १९, २०७९ बिहिबार 454

एजेन्सी । ब्राजिलका एक किशोरले पूर्व प्रेमिकालाई अप’हरण गरी अनुहारमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । ब्रेकअप दिएको भन्दै २० वर्षका पूर्व प्रेमीले बदला स्वरुप पूर्व प्रेमिकालाई अपहरण गरेर गालामा आफ्नो नामको ट्याटु बनाइदिएका हुन् ।

१८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो ।

उनले तयानेलाई जबर्जस्ती कारमा राखेर आफ्नो घरमा लगेर तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए ।

भोलिपल्ट तयानलेकी आमाले छोरी हराइरहेको रिपोर्ट दर्ता गरेर गेब्रियलको घरमा ट्र्याक गर्ने बन्दोबस्त मिलाइन् । उनले आफ्नी छोरीलाई घर लगिन्

उनको नयाँ अनुहारको ट्याटु र चोट लुकाउनुको सट्टा दुर्व्यवहार गर्ने प्रेमीविरुद्ध मुद्दा दर्ता गर्न प्रोत्साहित गरिन् ।अडिटी सेन्ट्रलका अनुसार​ गेब्रियललाई शनिबार हिरासतमा लिइएको थियो ।

प्रतिकृया दिनुहोस्