सोमबार , असार २०, २०७९

सम्बन्ध राख्न केटी खोजिदे भन्दै ल्याङ-ल्याङ गरेपछि दुई नाबालकले गरे एक युवकको ह त्या (हा’र्दिक श्र’द्धा’ञ्जली )

जेठ १८, २०७९ बुधबार 932

गएको बिहीबार धरान ५ स्थित सेउती खोला बगरमा ह त्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको ह त्याको आरोपमा दुई नाबालक प क्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ १२ गते (बिहीबार) करिब साढे ५ बजे सन्दिपको लाश बगरमा भेटिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले उनको ह त्या आरोपमा

धनकुटाको साँगुरीगढी ८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा कार्यरत १७ वर्षीय नाबालकलाई पक्राउ गरेको छ।यस्तै, धरान १५ बगरबोटका १३ वर्षीय नाबालक पनि उक्त घटनामा संलग्न रहेको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। भेटघाट सेकुवा कर्नरमा कार्यरत नाबालकलाई मृतकले

फोन गरेर शा री रि क स म्ब न्ध राख्ने केटी खोज्न निर्देशन दिँदै ध म्की र गा ली गलौ ज गरेका थिए। सोही विषयलाई रिसिइबी लिएर उनले होटलको २ थान छुरी बोकेर केटी भेटाउने भन्दै मृतकलाई सेउती खोला बगरतिर लगेर गएको अनुसन्धानबाट खुलेको छ।

सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाएर अर्का नाबालकसमेत मिलेर दुवैले सन्दिपको ह’त्या गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मृतकको पेट, ढाढ, कुम, घाँ टीको अगाडि भागमा निरन्तर छु’रा प्र’हार गरिएको थियो भने घाँटीको पछाडि गर्धनको भागमा समेत छु’रा ले रे टेर ह त्या गरिएको पाइएको छ। उनको मृत्यु पश्चात अनुहार, टा उको पनि ढुं गाले कि च्याएर श व घो प्टो पारेर छोडेको प्रहरीको भनाइ छ।

दुवै जना नाबालक भएकोले उनीहरुको परिचय प्रहरीले गो’प्य राखेको छ भने सोमबार सुनसरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि सुनसरी प्रहरीले जानकारी दिएको छ।

धरान ११ विष्णुचोकका सन्दिप परिवारका एक्ला छोरा थिए। उनी बुबाको निर्माण व्यवसायलाई ट्याक्टर चलाएर सहयोग गर्ने गरेका थिए। बुधबार बेलुका करिब सवा ७ बजे हिँडेका सन्दिपको लाश भोलिपल्ट बिहान सेउती बगरमा भेटिएको थियो।

प्रतिकृया दिनुहोस्