काठमाण्डौ – काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।
बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।
मुरलीधरको शब्द सङ्गीत र आवाजमा रहेको यो गीतले भने झैँ पुरुषोत्तम पौड्यालको पनि सबै सपना हुरीले उडाइदिएको छ । नेपालमै सुन्दर भविष्य बनाउँछु भनेर साँचेका सपना नउडाओस् पनि कसरी ?
प्राण भन्दा प्यारो देश । चिटिक्कको घर । अनि आफ्नै नामको लालपुर्जामा रहेको जग्गाजमिनलाई भोटेताल्चामा सीमित गरेर उठिबास लाग्नु पर्दा !
उहाँलाई आफू बसिरहेको घरमा भोटेताल्चा लगाएर जाने मन कहाँ थियो र ! तर, बाध्यताले नगइ धरै भएन । बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १ टुनीबोटका पौड्याल भन्नुहुन्छ, ‘बाढी पहिरोसँगै ज्यानलाई पनि बगाउन सकिएन, त्यसैले ज्यान बचाउन परिवारै भारततिर हिँडियो ।’
उहाँ स–परिवार जेठ १० गते भारत जानु भएको हो । आज उहाँ भारत पुग्नु भएको आठ दिन भयो । केही महिना अघिसम्म उहाँका हरेक सपना नेपालसँग जोडिएका थिए । तर अब ती सबै सपना नेपालसँग नभएर भारतसँग जोडिन गएका छन् ।
आजको रात काटेपछि भोलि बिहान राम्रो समाचार सुन्न पाइयोस् भनेर भगवानलाई पुकार्दै हरेक रात काट्नुको साटो सबै सँगै बस्ने भन्दै उहाँ स–परिवार भारत जानु भएको हो । श्रीमती, छोरा, बुहारी, एक नातिसहित उहाँ अहिले भारतको चेन्नईमा हुनुहुन्छ ।
उहाँको सपना नातिलाई नेपालमै पढाउने अनि जागिरे बनाउने थियो । तर बसेको भूमि सधैँका लागि छोडेर जानु परेपछि पुरुषोत्तमको सपना सबै हुरीले उडाइदिएको छ । अब त्यो सपना सपनामै सीमित भयो ।
बस्तीमा बाढी पसेपछि पहिरोमा परेर दुई जनाको ज्यान गयो । यही पहिरोको डरले अहिले बस्ती नै रित्तिएको छ । जैमिनीको टुनीबोटमा घरहरु बाक्ला देखिए पनि बस्ती भने सुनसान छ । उहाँ मात्रै होइन सुनसान बस्तीलाई झन् सुनसान बनाउँदै विकास पौड्यालले पनि टुनीबोट बस्ती छोडेको केही दिन भयो ।
उहाँ पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयमा राजीनामा पत्र थमाउँदै नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका वडा नम्बर १५ पुग्नु भएको छ ।
उज्यालो अन्लाईनबाट
प्रतिकृया दिनुहोस्