मंगलबार , असार २१, २०७९

बिहेमा नबोलाउँदा बुहारीले गरिन् देवर र ससुराको ह’त्या ! यसरी भयो पर्दाफास

जेठ १७, २०७९ मंगलबार 1231

जनकपुरधाम । सिरहामा बुहारीले देवर र ससुराको ह’त्या गरेको घट’ना सार्वजनिक भएको छ । अर्नमा गाउँपालिका १ महनौरका ससुरा चन्देश्वर पाल र देबर सन्तकुमार पालको ह’त्या गरेको आरो’पमा

बुहारी शान्तिदेवी पालसहित तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।जेठ ७ गते राति सुतेको अवस्थामा धा’रिलो हति’यार प्रहार गरी बाबुछोराको ह’त्या भएको थियो ।

घट’ना भएको १० दिनपछि प्रहरीले आज ह’त्यामा संलग्न रहेको आ’रोपमा गोलबजार नगरपालिका ४ का बेचु पाल, मृ’तक चन्द्रेश्वर पालको साईली बुहारी शान्तिदेवी पाल र जनिफ मियाँलाई सार्वजनिक गरेको हो ।

मृ’तक सन्तकुमारको विवाह मोरङमा जेठ ११ गते हुने तय भएको थियो । सोही विवाहमा भाउजू शान्तिलाई फोनमार्फत नआउन र छोराछोरीमात्रै पठाउन भनेको रिसमा ह’त्या भएको देखिएको प्रहरीको दाबी छ ।

शान्तिको श्रीमान विदेशमा छन् । उनले आफ्नो श्रीमानको साथी जेनिफ मियाँ र बेचु पाललाई ह’त्या गर्ने सुपारी दिएको पाइएको प्रहरीले जनाएको छ । उनले जेनिफ र बेचुलाई ५० हजार दिने प्र’लोभन दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्