मंगलबार , असार २१, २०७९

दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि

जेठ १७, २०७९ मंगलबार 632

काठमाडौं । चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् ।

सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी ।

पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घट’नामा परे । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घ’टनामा परेको थियो ।

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घट’नामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठो’क्किएर दुर्घट’ना भएको घट’नास्थल पत्ता लागेको थियो ।

दुर्घ’टनामा चालक दलसहित २२ जनाको मृ’त्यु भएको छ । जोमसोम विमानस्थल नपुग्दै कोबाङको सानुसरे डाँडोमा ठो’क्किएर दुर्घट’नामा परेको विमानमा सवार सबैको श’व संकलन गरी काठमाडौं पठाइएको छ ।

तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्विनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घ’टना भएको थियो । उक्त दुर्घ’टनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृ’त्यु भएको थियो ।

सात वर्षको अवधिमा आइतबार भएको दो’स्रो दुर्घ’टना हो । त्यसैगरी, २०७३ भदौ ३ गते जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९–एमईक्यु ट्विनअटर विमान धावनमार्गमा पांग्रा नखुलेपछि कालीगण्डकी नदीमा ख’सेको थियो ।

पोखरा–जोमसोम रुटमा उडान भर्ने विमानले म्याग्दीको घोरेपानीसम्म पोखराको टावर र लेतेमाथिको आकाशदेखि जोमसोमसम्म जोमसोम विमानस्थलको टावरसँग सम्पर्क हुने भए पनि पहाड र हिमालको अवरोधका कारण घोरेपानीदेखि लेतेको आकाशसम्म विमान दुवैतर्फको सम्पर्कबाट विच्छेद हुन्छन् ।

योबीचको दूरी पार गर्न विमानलाई पाँचदेखि छ मिनेट लाग्ने गर्छ । दुवैतर्फको टावरबाट विच्छेद हुने ‘बफर जोन’को यही मार्गमा धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर विमानले उडान भर्नुपर्छ । रासस

प्रतिकृया दिनुहोस्