बिहिबार , अषोज १३, २०७९

तीजकै दिनमा आयो यस्तो दुख,द खबर : चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृ’त्यु

भाद्र १५, २०७९ बुधबार 13

रौतहट । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्या’न गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर तीन जनाको मृ’त्यु भएको हो ।

चट्याङ लागेर मृ’त्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी वरुण सिंहले बताएका छन ।

मृ’तक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन् । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृ,त्यु हुंदा सिंगो मलाही गाउँ शोक,मग्न भएको छ ।

खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइ’ते तथा एक दर्जन बढी महिला चट्याङ,बाट प्रभावित भएको प्रहरीले जनाएको छ ।

यसैबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद कलवारले चट्याङ लागेर मृ’त्यु भएकाको परिवारलाई किरिया खर्च बापत तत्काल २५ हजार र घा’ईते भएकाको उपचारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरेका छन् ।

नगर प्रमुख कलवारलले घटनास्थलमा पुगेर पिडित परिवारलाई भेटि विपद् व्यवस्थापन समिति लगायत अन्य निकायहरुसँग कुरा गरे थप राहतको लागि तत्कालै गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले अस्पतालमा पुगि घाइतेको अवस्था बारे जानकारी लिदैँ घा’इतेको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।(न्युज 24 बाट)

प्रतिकृया दिनुहोस्