बिहिबार , अषोज १३, २०७९

नाचगान हेर्न गएका युवाको सुर्खेतमा ह,त्या

भाद्र १५, २०७९ बुधबार 16

तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा ह,त्या भएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट ह,त्या भएको प्रहरीले जनाएको छ।

उनी वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झड,प भएको थियो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइ,ते भएका

जिसीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले मृ,त घोषणा गरेका थिए।

घटना,मा संलग्नको खोजी भइरहेको उनले बताए। जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुलाई घट,नाका बारेमा सोधपुछ भइरहेको उनले बताए।
ललितपुर महानगरपालिकाले आजबाट कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ।

महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो।

यसअघि महानगरमा सेवा लिन आउने सेवाग्राहीले चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि आजबाट निःशुल्क पार्किङ सेवा सञ्चालन गरिएको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

पार्किङ शुल्क हटेसँगै यहाँ २२५ वटा मोटरसाइकल एकतर्फी रूपमा सेवाग्राही र अन्यले निः शुल्क पार्क गर्न पाउँछन्।

यसअघि ललितपुर महानगर अगाडिको सडकमा वडाले सवारी पार्किङ गरेवापत पैसा लिँदै आएको थियो।

प्रतिकृया दिनुहोस्