बिहिबार , अषोज १३, २०७९

दिलमायाले छोरालाई चितुवाको मुखबाट बचा,इन् !

भाद्र १४, २०७९ मंगलबार 14

तनहुँ — जिल्लाको व्यास नगरपालिका–११ राम्चेस्थित पातिघारीमा आइतबार राति चितुवाको आक्रमणबाट आमा–छोरा घाइते भएका छन् ।

सुतिरहेको समयमा छोरालाई चितुवाले आक्रमण गरेपछि छोरालाई बचाउन खोज्दा आमा पनि घाइते भएकी हुन् । घाइते हुनेमा ४९ वर्षीया आमा दिलमाया गुरुङ र ९ वर्षीय छोरा शंकर रहेको प्रहरीले जनाएको छ

भर्खर बन्दै गरेको घरमा झ्याल ढोका राखेर पनि सकिएको थिएन । पंखा पनि नभएकाले गर्मी छल्न आमाछोरा बरान्डामा सुतेका थिए । साढे १२ बजेतिर छोरो चिच्याएपछि आमाले किरा आयो होला भन्दै धपाउन खोज्दा चितुवाले आमालाई नै आक्रमण गर्न पुग्यो ।

चितुवाले दिलमायाको दाहिने हात समातेपछि देब्रे हातले चितुवालाई भुताल्दै गुहार मागेपछि श्रीमान् र गाउँलेहरु बत्ती बालेर सुतेको ठाउँमा आउँदा चितुवा भागेको उनले बताइन् । उनले चितुवासँग लडेरै आफ्नो र बच्चाको ज्यान बचाउन सफल भइन् ।

छोरालाई चितुवाबाट बचाउँदै गर्दा दिलमायाको दायाँ हातमा चोट लागेको छ । छोराको भने टाउकोमा ४ वटा नंग्रा गाडेको छ । छोरालाई भन्दा दिलमायालाई बढी चोट लागे पनि खुसी हुँदै उनले भनिन्, ‘मेरो यो चोट केही होइन ।

आज त्यो चितुवाको मुखबाट मैले छोरालाई बचाउन नसकेको भए मेरो के हाल हुन्थ्यो । मेरो छोरा मेरो आँखा अगाडि सकुशल छ योभन्दा ठूलो खुसी केही छैन मेरो लागि ।’

यसअघि गत बुधबार साँझ साढे ६ बजेतिर बन्दीपुर गाउँपालिका–१ उपल्लोफाँटमा चितुवाको आकमणमा परी स्थानीय सुवास र लक्ष्मी परियारका ३ वर्षीय छोरा सुलभ गम्भीर घाइते भएका छन् ।

बालक अहिले चितवन मेडिकल कलेजमा उपचारत छन् र अवस्थामा सुधार आएको छ ।गत जेठ २८ गते बन्दीपुर–४ मा शनिबार राति ८:३० बजे चितुवाको आक्रमणबाट ८ वर्षीया रियाना थापा घाइते भइन् ।

त्यसको ६ घन्टा बित्न नपाउँदै रियानाकै छिमेकी बन्दिपुर–१ का ३५ वर्षीय भीमलाल गरञ्जालाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । त्यसको दुई दिनपछि जेठ ३१ गते सोही वडाको बोडीस्वाराका ५ वर्षीय सुप्रिम मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो ।

पछिल्लो समय जिल्लामा चितुवाको आक्र,मण बढ्दो छ । वि.सं. २०७४ फागुनयता जिल्लामा चितुवाको आक्रमणबाट १२ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १६ जना घाइ,ते भएका छन् ।

जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक बढी थियो ।यस क्षेत्रमा केही न्यूनिकरण भएपनि अहिले आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक देखिन थालेको छ ।

नेपाल सरकारले चितुवाको आक्र,,मणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइते,लाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । सो बामोजिम पीडित भएका परिवारलाई कार्यालयले हालसम्म एक करोड १६ लाख ६३ हजार ३६६ रुपैयाँ राहत रकम व

प्रतिकृया दिनुहोस्