शुक्रबार , अषोज १४, २०७९

अनधिकृत संरचना हटाएकोबारे बालेन भन्छन्- पहिले कारबाही, पछि सुनुवाइ

भाद्र १३, २०७९ सोमबार 13

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकारिणी अधिकार प्रयोग गरी अनधिकृत संरचना हटाएको बताएका छन्।आइतबार एक विज्ञप्ति जारी गर्दै उनले त्यही अधिकार आफूले प्रयोग गरेको बताएका हुन्।

उनले यसरी अनधिकृत संरचना हटाउनु पहिलो र न्यायिक निरूपण त्यसपछिको कुरा भएकोमा पनि जोड दिएका छन्।

कतिपयले अनधिकृत संरचना हटाउनुपूर्व न्यायिक निरूपणको पनि अपेक्षा गर्नु भएको रहेछ। गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसपछि

उनले विधि र प्रक्रिया अपनाएरमात्र मापदण्डविपरीतका संरचना हटाउनुपर्छ भन्नेहलाई जवाफ दिएका छन्- न्यायिक निरूपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई

काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।‘

अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन दिने छैनौं। आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं।

सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरूपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन्,’ उनको विज्ञप्तिमा छ।

प्रतिकृया दिनुहोस्