बिहिबार , अषोज १३, २०७९

अब रविनले कहिल्यै समातेर हिँड्न पाउने छैनन् आमाको हात

भाद्र १२, २०७९ आइतबार 15

शुक्रबार साँझ आमाको हात समातेर ११ वर्षीय रविन तिवारी घर फर्किंदै थिए। आफन्तको घर पुगेर फर्किंदा पोखरामा मुसलधारे पानी बर्सिरहेको थियो। उनीहरू सडक किनारका बाटो हिँडिरहेका थिए।

सडक किनारका नाली ढकनीले छोपि,,एका थिए। उनीहरू त्यही ढकनीले छोपेको नालीमाथि हिँडिरहेका थिए। सडकमा बगेको खोलाले ढकनी ढाकिएको थियो। पोखरामा निर्माण गरिएका नाली वर्षाको पानी थेग्न सक्ने छैनन्।

हिँड्दाहिँड्दै पोखरा–१६ स्थित दीपको ओरा,लोमा रविन चिप्लिए। वर्षाको भेलले नालीको ढकनी देखिएको थिएन। उनले टेकेको ठाउँ ढकनी रहेनछ, उनी नालीमा खसे

अरू ठाउँमा नालीका ढकनी थिए, त्यही ठाउँमा रहेनछ,’ वडाध्यक्ष अमृत तिमिल्सनाले भने, ‘रविन चिप्लिएर नालीमा खसे, नालीले बगाएर करिब १० मिटर टाढा पुर्‍याएछ।

नालीमा खसेका रविनलाई वर्षाको भेलले ठेलिएको नालीभित्र लग्यो, भित्रभित्रै बगाएर अन्यत्रका नाली आउने ठाउँभन्दा तल पुर्‍याएको तिमिल्सनाले बताए।

नालीमा बेपत्ता भएका रविनलाई करिब २ घण्टापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फेला परेको थियो। नालीले करिब १० मिटर तल झाडीमा रविनको श,व फेला परेको उनले बताए।

उनले दुर्घट,नाका जिम्मेवार व्यक्तिसँग जवाफदेहिता खोज्नुपर्ने समेत माग गरेका छन्।बालकको ज्यान जानेगरी नालीको ढकन खुला राख्ने व्यक्तिले घट,नाको जिम्मेवारी लिनुपर्छ, यस्ता व्यक्ति कानुनी कारबाहीको दायरामा आउनुपर्छ,’ उनले भने, ‘होइन भने सर्वसाधारणले दु:ख पाइराख्नुपर्छ।’

प्रतिकृया दिनुहोस्