शुक्रबार , अषोज १४, २०७९

काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जना प्रहरी हवल्दारको मृ,त्यु

भाद्र १२, २०७९ आइतबार 25

काठमाडौं, १२ भदौ :

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृ,त्यु भएको छ । दुर्घटनामा तीन जना घाइ,ते भएका छन् ।

मृ,त्यु हुनेमा स्कुटर चालक काठमाण्डौकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् ।

अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोक्किएका थिए ।

काठमाडौं महानगरपालिका प्रुमख बालेन्न्द्र साह (बालेन)ले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएका छन् । आइतबार विज्ञप्ति जारी गरेर कानुनको उल्लंघन गरेर बनाइएको संरचना भत्काएको बताएका हुन् ।

कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले अहिले भयावहको अवस्था सृजना भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्