बिहिबार , अषोज १३, २०७९

अटो र कार ठोक्किँदा आठ जना घा,इते

भाद्र ११, २०७९ शनिबार 24

भरतपुर । अटो र कार ठोक्किँदा चितवनमा आठ जना घाइते भएका छन् । बिहीबार दिउँसो करिब पौने २ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ५ विकास चोकस्थित भित्री सडकमा भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ग३च३९२२

नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना२ह ४६५ नम्बरको अको एकापसमा ठोक्किँदा अटोमा सवार पाँच जना र कारमा सवार दुई जना घा,,इते भएका चितवन प्रहरीले जनाएको छ ।

अटोमा सवार अटो चालक चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर बस्ने वर्ष ४० का मनराज गुरूङ, रूपन्देही जिल्ला भैरहवा बस्ने वर्ष ३० की विमला गुरूङ र सोही स्थान बस्ने आयुष शाही घाइते भएका हुन् ।

यस्तै नवलपुर जिल्ला देवचुली १४ बस्ने वर्ष १५ की रमिता गुरूङ तथा सोही स्थान बस्ने वर्ष ६ की सरूजा सिंजालीमगर र वर्ष १४ का सरोज सिंजालीमगर घा,,इते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

यस्तै कारमा सवार कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ४५ की सीता गुरूङ र सोही महानगरपालिका वडा नं. १० बस्ने वर्ष ३४ की शशी थापा घा,इते भएका चितवन प्रहरीले जनाएको छ ।

घाइ,,तेहरू सबैको पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।दुर्घ,टनापछि दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । तर, कार चालक भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्