सोमबार , असार २०, २०७९

श्रीमानले मलद्वा’रमा लौरो घु’साउँदा सख्त घा’इते भएकी श्रीमतीको मृ’त्यु

जेठ १७, २०७९ मंगलबार 893

घरायसी विवादको क्रममा श्रीमानले मलद्वा’रमा लौरो घुसाउँदा सख्त घाइ’ते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृ’त्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माझीको सोमबार अपरेसन गरिएको थियो । अपरे’सनपछि पोष्टअपमा उपचारमा हुँदा घा’इतेको मुटुको चाल अचान’क रोकिन पुगी मृ’त्यु भएको उनले बताए । ‘हिजो अपरे’सनपछि पोष्टअपमा हुनुहुन्थ्यो ।

गएराति अचान’क कार्डियाअरेष्ट भएपछि उहाँको मृ’त्यु भयो’, उनले भने ।पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसा’एर घाइ’ते बनाएका थिए । घट’ना लगत्तै प्रहरीले रामचन्द्रलाई प’क्राउ गरी नियन्त्रणमा लिएको छ ।

गीताका दुई छोरी छन् । श्रीमानले मलद्वा’रबाट लौरो घु’साउँदा गीताको यौना’ङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ ।
उनको उपचारमा संलग्‍न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौना’ङ्‍गको चार तह च्यातिएको थियो ।

कम्मरको हड्‍डी भाँ’च्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजु’री पर्न बाँकी रहेको बताए ।

घाइ’तेको मृ’त्युअघि आरो’पिविरुद्ध ज्यानमा’र्ने उद्योग र बला’त्कारको मु’द्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृ’त्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए ।

अब उजु’री नआए पनि ज्यान मरिसकेको भएकाले ज्या’नसम्बन्धी र बला’त्‍कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्