बिहिबार , अषोज १३, २०७९

सहयोग गर्न खोज्दा नराम्रोसँग फसिन् करिश्मा

भाद्र ११, २०७९ शनिबार 22

काठमाडौं । सहयोग गर्न खोज्दा अभिनेत्री करिश्मा मानन्धर गम्भीर सं,कटमा फस्ने देखिएको छ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतले अभिनेत्रीविरुद्ध उजुरी दिन लागेकी हुन् ।

उनले आफ्नो निजी तस्बिरहरु विना अनुमति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको भन्दै मानन्धरविरुद्ध उजुरी दिने भएकी हुन् । शुक्रबार (आज) नै उनले करिश्माविरुद्ध साइबर क्राइमको मुद्दा हाल्न लागेकी हुन् ।

करिश्माले आफ्नो चरित्र ह,त्या गरेको राजपुतको आरोप छ । योसँगै उनले आफू अनशन बसेको बेला अभिनेत्री मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् ।

पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । राजपुत, आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बला,,त्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको छोरा हुँदा पनि न्याय नपाएको भन्दै लडाँई लड्दै आएकी छिन् ।

मस्को / मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए ।

रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए

प्रतिकृया दिनुहोस्