शुक्रबार , अषोज १४, २०७९

कञ्चनपुरमा २ वर्षीया बालिका नहरमा मृ,त फेला

भाद्र १०, २०७९ शुक्रबार 35

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मा दुई वर्षीया बालिका नहरमा मृ,त भेटिएकी छन् ।

भीनपा–१७ बडुवाल चौराहाका खेमराज भट्टकी २ वर्षीया छोरी मुस्कानको शुक्रबार बिहान नहरमा श,व फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ६ बजेदेखि ती बालिका घरबाट हराएकी थिइन् । नहरमा डुबेको आशंकामा अभिभावकले खोजतलासका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस मझगाउँलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी नायव निरीक्षक जगतसिंह थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार घरभन्दा करिब ७ सय मिटर दक्षिण नहरमा श,व भेटाएको हो । बालिकाको नहरमा डुबेर मृ,,त्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

नवलपुर । नवलपुरमा एक जना महिला बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ परेकी छन् । कावासोती १० निवासी ४१ वर्षीया सुमित्रा तिमिल्सिना प’क्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार उनलाई उनकै भाइ रविन्द्र तिमिल्सिनाले उ’जुरी दिएका हुन् ।

तिमिल्सिनाले ९९ लाखको बाउन्स चेक दिएको दाबीसहितको उजुरी दिएपनि १९ लाखको मात्र बाउन्स चेक भेटिएको प्रहरी उपरीक्षक महर्जनले बताए ।

प्राइम बैंकको चेक बाउन्स भएपछि उनका भाइ रविन्द्रले कास्कीबाट उ’जुरी दिएका थिए । तर, तिमिल्सिनालाई नवलपुर प्रहरीले प’क्राउ गरेको हो ।प’क्राउ परेकी तिमिल्सिनामाथि अदालती कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस्