बिहिबार , अषोज १३, २०७९

चितवनमा लागुऔ,षध खैरो हेरोईनसहित एक पुरुष प,क्राउ

भाद्र १०, २०७९ शुक्रबार 23

चितवन – चितवनमा लागुऔषध खैरो हेरोईन सहित एक पुरुष पक्राउ परेका छन्। प्रहरीले भरतपुर महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ३६ को रत्न बहादुर प्रजापतीलाई पक्रा,उ गरेको हो ।

उनलाई प्रहरिले भरतपुर महानगरपालिका वडा नं.१० स्थित सन्तोष न्यौपानेले संचालन गरेको दिवान खाजा घरको कटेजमा शंकास्पद रूपमा फेला पारेको थियो ।

शरिर तलासी लिँदा उनको साथमा रहेको सानो कालो पर्समा स-सानो पोका बनाई राखेको अवस्थामा ७ वटा पोकामा लागू औषध खैरो हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त पोकाहरुमा भएको लागु औषध खैरो हिरोईन मात्र जम्मा गरी एकमुष्ठ तौल गर्दा (छ सय चालिस मिलिग्राम ) भएकोले कानून बमोजिम बरामद गरी प्रजापतीलाई पक्राउ गरिएको हो ।

प्रजापती उपर लागुऔषध मुद्दा दर्ता गरी निजलाई हिरासतमा राख्नको लागि चितवन जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप अनुमती लिई अनुसन्धान प्रकृया अगाडी बढेको प्रहरिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्