बिहिबार , अषोज १३, २०७९

प्रहरीले अभिभावकको जिम्मा लगाएका युवायुवती मृ,,त अवस्थामा भेटिए

भाद्र १०, २०७९ शुक्रबार 25

कञ्चनपुर । कञ्चनपुरमा युवायुवती मृ,त अवस्थामा फेला परेका छन् । केहि समय अघि प्रहरीले अभिभावकको जिम्मा लगाएका युवायुवती मृ,त अवस्थामा भेटिएका हुन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र सोही नगरपालिका–५ बस्ने १८ वर्षकै पुजा देउवा आइतबार मृ,त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रेमीप्रेमिका समेत रहेका दुवै जना आ–आफ्नो घरमा मृ,त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए । उनकाअनुसार लामो समयदेखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए ।

केही दिन अघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए । पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी

दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको गिरीले जानकारी दिए ।

भदौ ३ गते प्रहरीमा पुगेका दुवै पक्षलाई सम्झाइबुझाइ गरेर छोराछोरी जिम्मा लगाएकोमा आइतबार बिहान दिनेश आफ्नो घरको कोठामा र

पुजा दिउँसो करीब साढे ४ बजेतिर आफ्नो घरको कोठामा मृ,त अवस्थामा फेला परेका हुन् । उनीहरु मृ,,त भेटिएको घट,नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले

सन्देशसहित फिर्ता पठाएको उक्त विधेयकलाई पारित गरेको हो । संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरुले बताएका छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्रलालले नागरिकता विधेयक पारित भएर जनताको विश्वास बढेको प्रतिक्रिया दिए । उनले भने, “विधेयक पहिले नै पारित हुनुपथ्र्यो, ढिलै भए पनि सरकारले यसलाई अघि बढाएको छ

, प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक कार्य हो । अब राष्ट्रियसभाबाट पारित हुन बाँकी छ । राष्ट्रपतिले पनि संवैधानिक व्यवस्थाअनुरूप प्रमाणीकरण गर्नुहुन्छ होला ।”

पूर्वन्यायाधीश चन्द्रलालले जुन पार्टीले विधेयकको विरोध गरिरहेको छ, हिजो उसकै सरकार भएको बेला अध्यादेशमार्फत स्वीकार गरिसकेको विषय अहिले सरकार बाहिर रहँदा विरोध गर्नुको औचित्य नभएको बताए ।

“अध्यादेश यसैअनुसारको थियो, त्यसैले यो स्वीकार गरेकै कुरा हो एकपटक आफूले निर्णय गरिसकेको विषय सरकारबाट हटेपछि विरोध गर्नुले जनताको विश्वास घटाएको छ ।

नागरिकताको विषय अल्झाएर राख्नुहुँदैन । राज्यका हरेक नागरिकलाई सहजरूपमा नागरिकता दिइनुपर्छ”, उनले भने बाहिरका मानिसले नागरिकता पाउँछन् भन्ने विषय समस्या

सिर्जना गरिएको विषय भएको उनको बुझाइ छ। उनले भने, “विधेयक पारित हुनुपथ्र्यो, यो बहुत राम्रो काम भएको छ, राष्ट्रियसभाबाट पनि पारित हुन्छ भन्ने हाम्रो विश्वास छ अनि राष्टपतिबाट विधेयक प्रमाणीकरण हुनेछ

प्रतिकृया दिनुहोस्