शुक्रबार , अषोज १४, २०७९

कार दुर्घट,नापछि उद्धार गरिरहेकाहरूको भीडमाथि बस दौडियो, ३४ जनाको मृ,,त्यु

भाद्र ९, २०७९ बिहिबार 45

काठमाडौं । टर्कीमा एउटा दुखद तर अनौठो सडक दुर्घटना भएको छ । यहाँको गजियनटाप सहरमा शनिबार एउटा कार पल्टिएको थियो । त्यसमा चारजना घा,,इते भएका थिए ।

एम्बुलेन्स र प्रहरी टोली घटनास्थल पुगेको थियो । वरपर धेरै मान्छे जम्मा भएका थिए । कार दुर्घटनामा परी घाइ,,ते भएकाहरुलाई प्राथमिक उपचार गरी एम्बुलेन्समा सार्ने तयारी गरिएको थियो । यसैबीच, अर्को भयानक दु,,र्घटना भयो।

मिडिया रिपोर्टका अनुसार प्रहरी र मेडिकल टोलीले कारमा सवार मानिसहरूलाई बाहिर निकालेर एम्बुलेन्समार्फत अस्पताल लैजाने तयारी गरिरहेका थिए । घट,ना,,स्थलमा धेरै मानिसहरु उपस्थित थिए । सोही क्रममा टाढाबाट आइरहेको निलो रंगको बस अनियन्त्रित भयो ।

अनियन्त्रित बस उद्धारमा खटिएका मानिसहरूको भीडलाई कुल्चिँदै अगाडि हुत्तियो । यो बसले धेरै मानिसलाई कुल्चीयो । अहिलेसम्म ३४ जनाको मृ,,त्यु भएको पुष्टि भएको छ । २९ जना घाइते भएको बताइएको छ । यसको भिडियो भाइरल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्