बिहिबार , अषोज १३, २०७९

ताराखोलामा बिद्यालय जादै गरेका एक शिक्षकको बाटैमा नि,धन

भाद्र ८, २०७९ बुधबार 20

ताराखोला गाउँपालिकामा बिद्यालय जादै गरेका एक शिक्षकको ह्रदयघात का कारण बाटैमा निधन भएको छ ।ताराखोला गाउँपालिका वडा न ३ को जनता प्राथमिक बिद्यालय हिल मा कार्यरत

रबिलाल कंडेल को बिद्यालय नजिक बाटोमा मृत्युु भएको ईलाका प्रहरि कार्यालय ताराखोला का प्रहरि नायब निरीक्षक राम नारायण चौधरी ले जानकारी दिनु भयो ।

बिद्यालय पुग्न करिब निम्सा बाट २५ मिनेटको दुरि हिडेका शिक्षक कडेल बिद्यालय नजिकै हिल गाउँको सुगुर झुन्डाउने ठाउँ (सिस्नो खोस्ने डाडा नजिकै )बिहान करिब १० बजे गोरेटो बाटोमा मृ,त भेटिएका थिय ।

शिक्षक कडेलको पछि पछि बिद्यालय जादै गरेका सोहि विद्यालय प्रधानाध्यापक लिल बहादुर जिटि ले बाटोमा मृत फेला पारे पछि स्थानिय तथा

प्रहरी लाइ खबर गर्नु भएको थियो । कडेल २०४६ साल देखि अस्थायी नियुक्ति र २०६३ मा स्थायी नियुक्ति लिइ जनता प्राथमिक बिद्यालय हिल मा अध्यापन कार्य गर्दै आएका थिए ।

५७ बर्षिय कडेल यस अघि पनि नियमित सुगर तथा प्रेसर को औसधि सेवन गरि रहेका बुझिएकोले प्रारम्भिक अनुसन्धान बाट चक्कर खाइ ह्रदयघात बाट नि,धन भएको हुन सक्ने आशंका गरिएको छ ।

शिक्षक कडेलको श,ब लाइ गल्कोट प्राथमिक स्वास्थ केन्द्र हरिचौरमा पोस्टमाटमका लागि पठाइएको वडा न ३ का वडा अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्