मंगलबार , असार २१, २०७९

कबड्डी ४ की नायिका मिरुनाले दर्शकलाई हानिन् थप्पड !

जेठ १६, २०७९ सोमबार 1767

अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले एक दर्शकलाई आफूमाथि ‘दुर्व्यव’हार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् ।

तामाङ थरका ती दर्शकले आफूलाई नियतवस पिठ्यूमा छोएको मगरको आरो’प छ ।

सिभिल मलको सातौं तल्लामा रहेको कफी सपमा हिजो दिउँसो अढाइ बजे सो घ’टना भएको थियो । तामाङले आफूलाई दुर्व्यव’हार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्प’ड हानेकी थिइन् ।

त्यसपछि तामाङले सबैको अगाडि मा’फी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

तामाङ अहिले पनि प्रहरी हिरास’तमै छन् । तर, मिरुनाले उनीवि’रुद्ध जाहेरी दिएकी छैनन् । यदि मिरुनाले जाहेरी दिएमा म्याद थप गरिने नत्र आजै छाड्ने तयारी भएको प्रहरी स्रोतको भनाइ छ ।

काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले चलचित्रकी एक महिला कलाकारले आफूमाथि दुर्व्यव’हार गरेको भनेर मौखिक उजु’री गरेपछि एक पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

प्रतिकृया दिनुहोस्