बिहिबार , अषोज १३, २०७९

घरको तीन तला,बाट खसेर कीर्तिपुरमा एकको मृ,त्यु

भाद्र ७, २०७९ मंगलबार 30

घरको तीन तलाबाट खसेर काठमाडौंको कीर्तिपुरमा एक जनाको मृत्यु भएको छ।कीर्तिपुर पाँगा बस्ने एक जनाको मृ,त्यु भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मृत्यु हुनेमा ३६ वर्षीय शिव महर्जन छन्। उनी सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तलाबाट खसेका थिए। उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो सवा १ बजे मृ,त्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।नेपाल विद्यालय कर्मचारी परिषदले सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।

संघीय शिक्षा ऐन जारी हुँदासम्म विद्यालय कर्मचारीलाई शिक्षक सरहको सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने मागसहित उनीहरूले माइतीघर मण्डललगायत ठाउँमा धर्ना र प्रदर्शन गरेका छन्।

६० वर्ष उमेर पुगेका अवकाश भइसकेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूको छ।

विद्यालय कर्मचारीलाई उच्च शिक्षा अध्ययन गर्न अध्ययन बिदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने माग विद्यालय कर्मचारीहरूको छ।

प्रतिकृया दिनुहोस्