बिहिबार , अषोज १३, २०७९

अप’हरणमा परेको ९ वर्ष’पछि भेटिइन् पूजा, घर बाट नजिकै थिइन् तर कसैले पनि थाहा पाएनन्…

भाद्र ७, २०७९ मंगलबार 43

पूजाकी आमाले ह’राएकी छोरी भेटिने सम्पू’र्ण आशा माया मारिस’केकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्ततः आफ्नी आमाको काखमा टाउको बिसा’उन सकिन् । सात वर्षकी छँदा सन् २०१३ को २२ जन’वरीमा उनी हराएकी थिइन् ।

उनले महाराष्ट्रको मुम्बइ सहर’स्थित आफ्नो विद्यालय बाहिर’बाट एक दम्पतीले आइसक्रिमको लोभ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । उनलाई ४ अगस्टमा फेला पारिएको हो । अन्ततः

उनी चमत्कारिक ढंगले अपहरण’कर्ताको चङ्गुल’बाट उम्किन सकेको बताइएको छ । उनकी आमा पूनम गाउड भन्छिन्, “अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडि’रहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छोडि’सकेकी थिए ।”

प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निःसन्तान दम्पतीले पूजाको अप’हरण गरेका थिए । प्रहरीले उनीहरू’लाई प’क्राउ गरि’सकेको छ। अप ह’रणमा पर्नु’अघि पूजा एउटा उपनगरको सुकुम्बासी क्षेत्रमा दुई दाजु’भाई र आमा’बुबासँग बस्थिन् ।

हराएको दिन उनी आफ्नो दाजुसँगै विद्या’लय पुगेकी थिइन् । तर, अचानक उनीहरू’बीच झ’गडा भएको अनि हतार पनि भइ’सकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए। त्यहीबेला ती दम्पतीले उनलाई आइ’सक्रिम किनि’दिने भन्दै फकाएर लगेका थिए ।

घर फर्केकी पूजा’ले भेनेकी छन्, “ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारती’य राज्यहरूमा लगे । म रुँदा वा मैले आफ्नोबारे चिन्ता गर्दा उनी’हरूले मलाई चोट पु’याउने चेता’वनी दिने गर्दथे ।

केही समय मलाई उनी’हरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्ता’न भएपछि भने मलाई विद्यालय’बाट निकालियो । र, उनीहरू सबै मुम्वइ बसाइँ सरे ।”

पूजा भन्छिन्, “आफ्नो बच्चा भएपछि उनीहरूले मला’ई पेटीले पिट्ने, लात र मुक्का हान्ने गर्न थाले । एक पटक त उनी’हरूले हति’यार प्रयोग गरी मेरो ढाडबाट र’गत बगाइ दिए । मलाई दिनरात काममा जोताइन्थ्यो ।

उनीहरू बसेको स्थान’बाट मेरो परि’वारको घर नजिकै थियो । तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे ।” आफ्नो मुक्ति’बारे उनी भन्छिन्, “एकदिन उनीहरू सुति’रहेका बेला मैले उनी’हरूको मोबा’इल हात पार्न सफल भएँ ।

मलै युट्युबमा मेरो नाम टाइप गर्ना’साथ पोस्टर र भिडियोमा मेरो अपहरणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बर’हरू पनि थिए । मैले म’द्दतका लागि प्रया’स गर्ने निर्णय गरेँ ।

तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्र’सँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो ।” प्रमिला तुरुन्तै उनलाई सह’योग गर्न तयार भइन् । बीबीसी

उनले पोस्टरमा सम्पर्क’का लागि राखिए’को पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलो’पटक आमा छोरीले भि’डियो कलमा कुरा गरे । त्यसपछि उनीहरू’बीचको भेटघाट मि’लाइयो । पूजाकी आमा भन्छिन्,

“सबै’भन्दा पहिले मैले छोरीको शरी’रमा रहेको जन्मिँदै देखिको खत जाँचे । दुरुस्त खत भेटिए’पछि मेरो खुशीको सीमा नै रहेन । मेरा सारा शंका अन्त्य भए र छोरी फिर्ता पाएँ ।” पूजा घरे फर्के’कोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् ।

प्रतिकृया दिनुहोस्