बिहिबार , अषोज १३, २०७९

एक हात गु’माएका मोरङका अरुण राई २ वर्षदेखि साउदीमा अ’लपत्र

भाद्र ७, २०७९ मंगलबार 37

साउदी : वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घ’टनामा एक हात गुमाएका छन्।

उनी हाल साउदीमा नै अलप’त्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।

ड्राईभर कामको लागि नेपालमा गरिएको सम्झौता अनुसार १८ सय रियल प्रतिमहिना दिने सर्तमा साउदी पुगे तापनि उक्त कम्पनीले १२०० मात्र दिने सर्तमा काम दिएको र सोही काम गरेका थिए।

काम गर्दै जाँदा २५ जनावरी २०२० मा सडक दुर्घ’टना भयो । दुर्घ’टना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृ’त्यु भयो भने उनले सो दुर्घ’टनामा आफ्नो एक हात गुमाए।

दुर्घट’नामा भएको १० दिनपछि हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको तर हालसम्म पनि स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ ।

कम्पनीका अनुसार स्वदेश फिर्ताको लागि आवश्यक काम भइरहेको र पाउनु पर्ने सेवा सुविधा र सडक दुर्घ’टनामा देखिएको गल्तीलाई मध्यनजर गर्दै स्वदेश फिर्तामा केही ढिलाइ हुने भनेता पनि २

वर्षदेखि राई साउदीमा नै बिना काम अलपत्र परेका छन्। सम्बन्धित मेनपावर पनि यो अवस्थामा बेखवर रहेको जानकारी दिए।

पीडि’त अरुण भन्छन्, ‘परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी आएको थिएँ। मैले सोचेजस्तो कम्पनी परेन। सम्झौता अनुसारको सेवा सुविधा पनि पाइनँ। दुर्घट’नामा मेरो गल्ती पुलिस केसमा देखाएको छ।

त्यो केश तनफिज कोटमा रहेको र हालसम्म पनि कुनै सुनाई भएको छैन। स्वदेश फिर्ताको लागि क’ठिन भएको छ।’

उनले थप भने, ‘काठमाडौंको गंगबुमा रहेको नारायणी मेनपावरबाट साउदी जाँदा १ लाख २५ हजार तिरेको थिएँ। म अलप’त्र परेपछि साउदीमा रहेको नेपाली दूतावास रियादमा सडक दुर्घ’टना सम्बन्धी सम्पूर्ण जानकारी गराएको थिएँ। लगतै दूतावासले सम्बन्धित कम्पनी र पी’डितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो ।’

दूतावासका अनुसार पी’डितले आफ्नो समस्या दूतावासमा दिए लगत्तै सम्बन्धित कम्पनी, मेनपावर, र पीडितसँग छलफल गरी आवश्यक सहयोगको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।

साथै पी’डितले पाउनुपर्ने सेवा सुविधा जोड दिइ पिडी’त पक्षमा देखिएको पुलिस केसलाई तनफिज कोटको फै’सला अनुसार स्वदेश फिर्ताको लागि एक्जिट प्रकिया गरी आवश्यक सहयोग गर्ने जानकारी दिएको छ।

स्वदेश फिर्ता हुने आशामा रहेका राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले सि डी सी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रकम संकलन गरी ६ हजार साउदी रियल सहयोग गरेका थिए। पीडि’तको घरमा बुवा आमा लगायत श्रीमती र एक छोरी छन्।

प्रतिकृया दिनुहोस्