बिहिबार , अषोज १३, २०७९

धर्मपुत्री बनाएर विदेश लैजान खोज्ने बेलायती नागरिकको नेपाल ‘कनेक्सन’ : ८ वर्षमै ४० पटकसम्म आउजाउ

भाद्र ७, २०७९ मंगलबार 35

काठमाडौं : कालीकोटकी १५ वर्षीया नाबालिकालाई धर्मपुत्री बनाएर स्वीट्जरल्याण्ड लैजान खोज्ने तीन जना बेलायती नागरिकविरुद्ध अभद्र व्यवहारको मु,द्दा दर्ता भएकछकाठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अध्यागमन कार्यालयका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको पुष्टि गरे।

पक्राउ परेका म्याथ्यु विलियम हर्ले, लुइजा जेन हर्लेसहित तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलयबाट दुई दिनको म्याद थप गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार म्याथ्यु विलियम हर्ले पछिल्लो ८ वर्षमा ४० पटक नेपाल आएका छन्।

सन् २०१४ देखि हालसम्म उनी ४० पटक नेपाल आएको र कुनै बेला दुई दिनमै पनि फर्किएको रेकर्ड देखिएको प्रहरी स्रोतले अन्‍नपूर्णलाई बतायो।८ वर्षमै यति धेरैपटक किन नेपाल आयो होला भन्ने रेकर्डले हामी अचम्मित छौं। त्यसमाथि धर्मपुत्री बनाएर लैजाँदै गर्दा पक्राउ परेका छन्। हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने

अध्यागमनका अधिकारीहरुले नाबालिका लैजान नपाउने भनेपछि ती बेलायतीहरुले डीयुटीमा रहेका अध्यागमनका कर्मचारीहरुलाई अभद्र व्यवहार, गालीगलौज, दुर्व्यवहार र निषेधिक्षेत्रमजबर्जस्ती भिडियो खिच्ने र त्यस्ता गतिविधि नगर्न अनुरोध गर्दा कर्मचारीलाई उनीहरुले कुटपिटसमेत गरेका थिए।

अराजक व्यवहार देखाउन थालेपछि अध्यागमनका अधिकारीहरुले तत्काल उनीहरुलाई पक्राउ गरेको हो। फ्लाई दुबईएफजेड५७२ नम्बरको उडानबाट उनीहरु स्वीट्जरल्याण्ड जाने तयारीमा थिए। पक्राउ पर्नेमा बेलायती राहदानी बाहक म्याथ्यु विलियम हर्ले, लुईजा जेन हर्ले र जेड लुका हर्ले रहेका छन्।

प्रतिकृया दिनुहोस्