बिहिबार , अषोज १३, २०७९

हार्दिक श्रद्धा,ञ्जली: आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि,चेर ज्या,न गयो

भाद्र ७, २०७९ मंगलबार 47

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृ,त्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको

मोटरसाइकल सोमबार राति ठोक्किँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका ७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ,त्यु भएको हो।

दुर्घटनामा गम्भीर घा,इते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृ,त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई

गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घट,नामा गम्भीर घाइ,ते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घट,ना लगत्तै बस र चालक धादिङ निलकण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृत,कको आफन्तले प्रहरी चौकी उजुरी दिएपछि घट,नाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्