शनिबार , अषोज १५, २०७९

‘९ कक्षाका विद्यार्थी, जसले युट्युब हेरेरै एटीएमबाट पैसा चो,रे’

भाद्र ६, २०७९ सोमबार 22

कास्की — अनिश तामाङ उमेरले २१ वर्ष पुगे । तर, उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । आइटीमा राम्रै ज्ञान भएको व्यक्तिमा पर्छन् उनी । जोकोहीलाई अचम्म लाग्ला तर प्रहरीको अनुसन्धानले

उनलाई आइटीमा पोख्त व्यक्तिको रुपमा परिचित गराएको छ । कास्की प्रहरी प्रमुख अजय केसीका अनुसार तामाङ आइटीमा रुची राख्ने व्यक्ति हुन् ।

२१ वर्ष भए पनि अहिले उनी ९ कक्षामा पढ्दै छन्,’ उनले भने, ‘आइटी सम्बन्धी ज्ञान रहेछ । गुगल र युट्युबले पनि धेरै कुरा सिकाएको छ ।’

तामाङ आइटीमा सिपालु मात्रै छेनन्, उनी चोरीका अभियुक्त पनि हुन् । प्रहरीले एटीएम मेसिन फुटालेर रकम चोरेको आरोपमा उनलाई पक्राउ गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै अभियुक्त तामाङलाई सार्वजानिक गरिएको छ ।

गत साउन ३ गते राति २ बजेको कुरा हो, कास्की प्रहरीलाई पोखरा महानगर–२७ तालचोकमा रहेको एनआईसी एशिया बैंकको मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना बैंकको प्रधान कार्यालयबाट प्राप्त भयो । प्रहरी तत्काल एटीएम मेसिन भएको ठाउँ पुगे । तर, त्यहाँ प्रत्यक्ष प्रमाणका लागि केही भेटिएन ।

तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरी ७ दिनको म्याद गरिएको छ । चोरिएको रकम कहाँ लगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।

‘संलग्न को थिए ? पत्ता लगाउँदैछौं’ उनले भने । आरोपीतले सोही रात घरमा र बाहिर दुई पटकसम्म खाना खाएको हुँदा प्रहरीले घरपरिवारका सदस्यलाई पनि शंकाको घेरामा लिएको छ । ‘तामाङ ठूलो चोर त होइन तर, राम्रो लगाउँ र मिठो खाउँ भन्ने सोखिन रहेछ,

’ एसपीले थपे, ‘खत्र्याङखुत्रुङ किनेको देख्दा रुची अनुसार अपुग भएर चोरी गरेको हो कि ?’ प्रहरीले अन्य सतर्कता अपनाउन सबै बैंक तथा वित्तीय संस्थाका प्रदेश र शाखा प्रमुखलाई बोलाएर सुरक्षा सावधानीको लागि निर्देशन गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्