बिहिबार , अषोज १३, २०७९

एमबीबीएस विद्यार्थी झु,ण्डिएको अवस्थामा फेला

भाद्र ४, २०७९ शनिबार 51

नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृ`त फेला परेका छन् । एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य झु`ण्डिएको अवस्थामा फेला परेका हुन् ।

सिद्धार्थ कोहलपुर चिसापानीस्थित नेपालगन्ज मेडिकल कलेजको छात्रबासमा पंखामा झु`ण्डिएको अवस्थामा बिहीबार दिउँसो भेटिएका थिए। घ`टनाका प्रत्यक्षदर्शी र प्रहरीले घटनाको प्रकृति हेरेर आत्मह`त्या गरेको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।

सोही कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सिदार्थका साथीले पनि घ`टना हेर्दा आत्मह`त्या नै गरेको जस्तो देखिने बताएका छन् । सुसाइड नोट समेत भेटेकाले आत्मह`त्याकै सम्भावना धेरै भएको उनको भनाइ छ । प्रहरीले सुसाइड नोटको कुरा बाहिर ल्याएको छैन ।

आत्मह`त्याको कारण आफूहरुले अनुमान गर्न नसकेको सिद्धार्थका साथीले हेल्थपाटीलाई बताए ।

ती साथीका अनुसार सिदार्थ कहिले धेरै तनावमा देखिन्थे र कहिले एकदकै रमाइरहेको हुन्थे । घरमा आमा बिरामी भएको कुरामा चिन्तित हुन्थे । आमालाई स्त`न क्यान्सर भएको र डाइनोसिस हुन नसकिरहेको कुरा सार्थीहरुलाई सुनाउँथे।

अहिले दोस्रो वर्षको फाइनल परीक्षा नजिक आइरहेको छ । त्यस कारण विद्यार्थीहरुलाई पढाइको निकै प्रेसर रहेको सिद्धार्थका साथी सुनाउँछन् ।

‘अहिले हामीलाई पढाइको यति प्रेसर छकि कुन साथीको अवस्था के छ भनेर हेर्ने, बुझ्ने फुर्सद नै हुँदैन’ ती साथी भन्छन्, ‘आफ्नै घरमा पनि फोन गर्ने फुर्सद छैन।’

उनका अनुसार अहिले दोस्रो वर्षका जुन विद्यार्थीलाई साधे पनि परीक्षा आइसक्यो तनाव छ मात्रै भन्ने गरेका छन् । साथीको मृ`त्युले आफूहरु पनि निकै तनावमा रहेको र परीक्षनाको तयारीमा समेय यसले अर्सर पार्ने देखिएको ती साथीले सुनाए ।

प्रहरीले घ`टनाको अनुसन्धान गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी सिद्धार्थका बुबा भन्सार कार्यलायमा काम गर्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्