बिहिबार , अषोज १३, २०७९

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृ,त्यु

भाद्र ४, २०७९ शनिबार 50

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृ,त्यु इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको मृ,त्यु भएको हो

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृ,त्यु भएको हो।

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन्।पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृ,त्यु भएको छ।

रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृ,त्यु भएको हो। ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन।

प्रतिकृया दिनुहोस्