आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घ’टनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घ’टनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।
मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको रातोपाटीलाई जानकारी दिए ।
पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।
आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङकु खोलाको मुहान क्षेत्रमा दुर्घ,टना अवस्थामा भेटिएको छ।
स्थानीयवासी दुर्घट,नास्थलबारे सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् ।कुवाङमा विमान भेटिएको जानकारी पछि सुरक्षाकर्मी दुर्घ,टनास्थलतर्फ लागेका छन् । आईतबार विहानदेखि सम्पर्कविहिन विमानको खोजीमा सोमबार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरु लागेका छन् ।
खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएको थिएन् । आज विहानैदेखि विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ ।
फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी सुरु गरेका छन् भने स्थलमार्गबाट सुरक्षा निकाय तल्लिन छन्। नेपाली सेनाका अनुसार आशंका गरिएका ठाउँ वरपर आज विहानैदेखि खोजी कार्य भइरहेको थियो।
आजपनि उक्त क्षेत्रको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन् । दुर्घट,नास्थल नजिकै सेनाको हेलिकप्टर ल्यान्ड गरेको छ
प्रतिकृया दिनुहोस्