बिहिबार , अषोज १३, २०७९

यी हुन सँगै शाखा अधिकृत बन्न सफल गरिब आमाबुबाका “दुई छोरीहरु”

भाद्र ३, २०७९ शुक्रबार 54

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन्। २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएपछि अहिले चर्चामा छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अधिकृतमा नाम निस्किएको तीनचार दिन भइसक्दा पनि भट्ट दिदीबहिनीलाई अझै बधाई थाप्न भ्याइनभ्याइ छ। सामाजिक सञ्जाल, टेलिफोन तथा भेटेर उनीहरुलाई शुभचिन्तक, इष्टमित्रहरुले बधाई दिइरहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन्। लामो मेहनतपछि पहिलो प्रयासमै दिदीबहिनी सँगै अधिकृत बन्न पाउँदा निकै खुसी छन्।

शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै हाजिर भएका छन्।

उनीहरुको पारिवारिक अवस्था सामान्य छ। पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन्। उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन्।

जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षक छिन्। उनी अहिले महेन्द्रनगर उच्च माध्यमिक विद्यालय साधारण मा कार्यरत छिन्।

अध्ययनसँगै शिक्षण पेसामा संलग्न भएर खर्च जोहो गर्नु पर्ने अवस्था रहेको उनी सम्झिन्छिन्।

‘दिदीले स्कुलमा पढाउँदै पढनु भएको हो। सामान्य शिक्षण गरेर आफ्नो पढाइलाई पनि निरन्तरता दिन सकिन्छ भनेर अंग्रेजी पढेँँ,’ उनले भनिन्, ‘सामान्य ज्ञानतर्फ रुचि हुनाले सँगसँगै लोकसेवाको पनि तयारी अगाडि बढाएँ।’

उनका अनुसार पारिवारिक तथा शैक्षिक खर्च दाइको तलबमा नै निर्भर थियो।

बसन्ती वि।सं। २०७६ सालमा सहायकस्तर ५ औँ तहमा नाम निकालेर बेलौरी नगरपालिकामा खटिइन्। उनकी दिदी पनि बेलौरीमै कार्यरत थिइन्। त्यहाँ काम गर्ने क्रममै उनीहरुले मिलेर अधिकृतको लागि पढाइ गरे।

दिउँसो कार्यालयमा काम गर्थे भने बिहानरबेलुका नियमित अध्ययन गर्ने गरेको उनीहरु बताउँछन्। बहिनी बसन्तीले दिदी पार्वतीको विषयगत ज्ञान र सरकारी जागिरको अनुभवले आफूलाई फाइदा पुगेको बताइन्।

‘हामीसँगै बसेर छलफल गरेर पढ्थ्यौँ। दिनमा कामको तनाव एकापट्टि हुन्थ्यो। तर हामीले पढ्न छाड्थेनौँ,’ बसन्तीले भनिन्, ‘सँगै पढ्ने, सँगै काममा जाने हुनाले पनि दिदीसँग भएको विषयगत ज्ञान र अनुभव समेतको फाइदा मैले पाएँ।’

काठमाडौँमा लोकसेवाको तयारी गरेकी बहिनीसँग छलफल गरेर निरन्तर अध्ययन गर्दा आफू सफल भएको पार्वतीले बताइन्।

‘अध्ययनमा निरन्तरता हुनै पर्छ। दृढ विश्वासका साथ निरन्तर अध्ययन गर्दा नै सफल भएकोजस्तो लाग्छ

प्रतिकृया दिनुहोस्