बिहिबार , अषोज १३, २०७९

नेपालगन्जमा आमासहित जुम्ल्याहा शिशुको मृ,त्यु

भाद्र ३, २०७९ शुक्रबार 37

नेपालगन्ज — उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृ,त्यु गएको छ । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृ,त्यु भएको हो ।

चिकित्सकले खातुनको पेट शल्य,क्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृ,त्यु भएको हो ।३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्या,न जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए ।

उच्च रक्तचापले आत्तिएर अघिल्लो रात अस्पताल पुगेकी २२ वर्षीया महिलाको मृ,त्यु भएपछि शोकाकुल परिवार र आफन्तले तनाव सिर्जना भएको थियो । उनीहरुले चिकित्सकको लापरबाहीले उनको र शिशुको ज्या,न गएको भन्दै छानबिनको माग गरेका हुन् ।

अस्पताल चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थिए । ‘केस सिरियस थियो । डाक्टरहरुबाट तीनै जनाको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ ।

लापरबाही पटक्कै भएको छैन,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले, ‘प्रयास गर्दा पनि ज्यान जोगाउन सकिएन ।’

प्रतिकृया दिनुहोस्