बिहिबार , अषोज १३, २०७९

भुइँ-चालोमा २२ घन्टा पुरिएका सोनिस, भग्नावशेषमा पुरिँदा उनी जम्मा ४ महिनाका थिए

भाद्र १, २०७९ बुधबार 38

निलो टिसर्ट र हाफ पाइन्ट लगा`एका फुच्चे केटो दुगुर्दै कोठा-भित्र पसे। उनको हातमा स्कुलको रि-जल्ट थियो। पछि-पछि उनकी आमा रश्मिला अवाल थिइन्।-खोइ, खोइ! रि-जल्ट हेरौं त,’ हाम्रो आवा-ज सुनेर उनी एक-छिन अल-मलमा परे।ढोकामै अडिएर आमाको अनु-हारतिर हेरे।

यसरी कोठामा नयाँमान्छे आउनु उनको निम्ति सामान्य थियो सायद। उनी अप्ठ्यारो नमा-निकनै हामी-नजिक आए। रिजल्ट देखा-उँदै प्रत्येक विषयको ‘ग्रेड’ ठूलो स्वरमा सुना-उन थाले, ‘ए-प्लस, बी-प्लस, डी-प्लस, सी-प्लस, बी-प्लस…।’

एसकेजी’ मा पढिर-हेका सोनिस अवाल-लाई हामीले सोध्यौं, ‘म्याथमा त डी-प्लसमात्र आएछ नि है? राम्रो हो त्यो?’उनले एक अ-क्षरमा जवाफ फर्काए, ‘नो।’सोनिस धेरै प्रश्न-को जवाफ ‘यस’ र ‘नो’ मा फर्का-उँछन्।’झ्याउ लाग्छ हो म्याथ?”म्याथ होइन सबै-मा झ्याउ लाग्छ,’

त्यसो भन्दै उनले आफ्नो रिजल्ट दिदी सोनियाको हात-मा थमाए अनि टेब-लमा चार्ज भइ-रहेको मो-बाइल थुतेर त्यसैमा झुम्मिन थालेत्यो मार्क-सिट सोनिसको आफ्नो होइन रहेछ, दिदीको रहेछ। दिदीको मार्कसिट लिन उनी आमासँग साथी मात्र गएका रहे-छन्।

आमा-छोरा स्कुल गएका बेला हामी सोनिया-सँग घरमै कुरेर बसेका थियौं।स्कु-लको परीक्षा आफ्नो ठा-उँमा छँदैछ, जिन्दगी-को परीक्षा भने यी दिदी-भाइले भुइँचालोमै ‘पास’ गरेकी हुन्त्यो दिन आमा पसल हिँडे-पछि सोनिया टिभी हेरि-रहेकी थिइन्।

छेउमा चार महिनाको भाइ सोनिस मस्त निदाइरहेका थिए। ठूलो-बाका छोरीहरू रुबी र लक्ष्मी पनि आफ्नै धुनमा थिए। एक्कासि हेरिर-हेको टिभी झल्याक-झुलुक हुँदै झिर-झिर गर्न थाल्यो। एकछिनमा फ्याट्टै निभ्यो।

त्यति बेला-सम्म धर्ती हल्लिन थालि-सकेको थियो। उनी बस्ने माटोको घर किरकिर गर्दै थर्थ-राइरहेको थियो। तर, न सो-नियाले चाल पाइन् न त रुबी र लक्ष्मीले। न सोनि-सकै निद्रा टुट्यो।बाहिर हो-हल्ला हुन थालि-सकेको थियो।

सबै ‘भुइँ-चालो आयो’ भन्दै भागा-भाग गरि-रहेका थिए। सोनिया-लाई आफ्नै पैतला-मुनिको भुइँ सरक-सरक सरि-रहेजस्तो लाग्न थाल्यो। भित्ताहरू चरक-चरक फाटिन थाले। त्यहाँ-बाट फुस-फुस धूलो झरि-रहेको थियो।

काठका साँघुरा भर्‍याङ-बाट गुर्रर झर्न मात्र आँटेकी थिइन्, उन-लाई ‘प्यारो’ भाइ सोनिस-को ख्याल आयो। पसल जानु-अघि आमाले भनेकी थिइन, ‘टिभीमा मात्र भुल्ने होइन नि, भाइको पनि ध्यान राख्नू।”हुन्छ ममी,’ उनले आ-श्वस्त पारेकी थिइन्।

त्यसै कारण भर्‍याङ-को पहिलो खुट्कि-लोमा पुगि-सकेका उनका पाइला फरक्क पछाडि फर्के। मस्त निद्रामा सुति-रहेको भाइ सोनिस-लाई च्यापेर उनी बाहिर निस्कन खोजिन्। तर मात लागे-जसरी हल्लि-रहेको दराज सोझैं उनमा खप्टिन पुग्यो। त्यही तोडमा भाइ पनि हात-बाट फुत्कियो।

५६ सेकेन्डको ताण्डव-पछि भुइँ-चालो केही बेर शान्त भयो। पसल गएकी आमा रश्मिला छोरा-छोरीको चिन्ताले हाँप-दाँप गर्दै फर्किन्। तर घर पूरै माटो भइ-सकेको थियो। उनी मौन। निःशब्द।

उद्धार-कर्ताले दुई घन्टाको अथक प्रयास-पछि टाउको मुनि खुट्टा माथि भएर पुरिए-की सोनिया फेला पारे। उनी होस-हवासमै थिइन्। हात-गोडामा सामान्य चोट मात्र लागेको थियो।

उद्धार-कर्ताले रुबी र लक्ष्मी-लाई पनि फेला पारे। उनी-हरूको सास भने थामि-सकेको थियो। सोनिस भने कतै फेला परेनन्।सबैले माया मारे-र रश्मिला-लाई सान्त्वना दिन थाले।

छोरी सकु-शल फेला पर्नु नै ठूलो कुरा हो भन्दै सम्झाए। तर, रश्मिला मौन थिइन्।घर माटोमा मिले पनि त्यस दिन रश्मिला र उनका पति कान्छा अवालको संसार उजाडिनबाट जोगियो। उनीहरूले भग्ना-वशेषमा आफ्नो छोरा-छोरी गुमाउनु परेन।अहिले भक्त-पुर,

महाकाली मन्दिर-भन्दा केही तल भाडाको एउटा कोठामा जिन्दगी बिताइ-रहेका उनीहरू-लाई छ वर्षअघि ढलेको घर बनाउन नसक्दा-को दिक्दारी सधैं हुन्छ।

प्रतिकृया दिनुहोस्