शनिबार , अषोज १५, २०७९

फोहोर लान अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीद्धारा हवाई फायर

भाद्र १, २०७९ बुधबार 28

काठमाडौं – बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ।

आज (मंगलबार) दिउँसो काठमाडौंबाट गएको फोहोरका गाडीलाई स्थानीयले रोकेका छन्। फोहोरका गाडीलाई अवरोध पुर्‍याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ।

स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

चितवन – पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ विरुद्ध चितवनका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आज (मंगलबार) साँझ भरतपुरस्थित नेपाल पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । आन्दोलित विद्यार्थीहरुले विधेयक फिर्ताको माग गरेका छन् ।

उनीहरुले कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहविरुद्ध पनि चर्को नाराबाजी गर्नुका साथै उनको पुत्ला जलाएका थिए । विद्यार्थीहरुले

‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक फिर्ता गर’, ‘विकासमन्त्री मृगेन्द्र सिंह मुर्दाबाद’, ‘हाम्रो पेशा हाम्रो सान, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्