बिहिबार , अषोज १३, २०७९

मुसीकोट ९ का प्रेमकाे कुवेतमा मृ,त्यु

भाद्र १, २०७९ बुधबार 47

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक रुकुमेलीको मृ,त्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ९ होलका २८ वर्षिय प्रेमबहादुर खड्काको मृत्यु भएको हो । उहाँको आज बिहान मृत्यु भएको बताईएको छ ।

कम्पनीमा काम गर्ने क्रममा माथिबाट खसेको सामानले च्यापिएर खड्काको मृ,त्यु भएको हो । मेशिनबाट सामान उचालेर राख्ने क्रममा उक्त सामान खसेर खड्कालाई च्यापेको बताइृएको छ । खड्का तीन वर्ष अगाडी कुवेत जानुभएको थियो ।

खड्काको श,व नेपाल ल्याउन पहल भइरहेको छ ।खड्काका श्रीमति, एक छोरा र एक छोरी छन् ।काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विद्यार्थीहरूलाई श्रमशिक्षाबारे बुझाउनुपर्ने बताएका छन् ।

साथै उनले आगामी शनिबार धरानका विद्यालयहरूलाई सर्दु खर्दु निशाने खोलामा विद्यार्थीलाई लगेर श्रमशिक्षाबारे बुझाउन आग्रह गरेका छन् ।कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले अनिवार्य श्रम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“यो आउने शनिबार धरानका विद्यालयहरूलाई सर्दु खर्दु निशानेमा श्रमशिक्षा सम्बन्धी बुझ्न र बुझाउन आउन आह्वान गर्दछु । ९ देखि १२ का विद्यार्थीहरूले अनिवार्य श्रम गरून् । किताबी ज्ञान मात्रैले हुन्न,” उनले फेसबुकमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्